माई : इलामको माई नगरपालिका–२ मा निर्माणाधिन हेप्पी ड्रिम पार्कमा आफ्नो नाम जोडिएपछि मेयर खम्बसि लिम्बुले आपत्ति जनाएका छन् । लिम्बुले विज्ञप्ती जारी गर्दै सगरमाथा टेलिभिजन लगायत अन्य अनलाइन संचारमाध्यममा आएका समाचार प्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले विज्ञप्तीमा लेखेका छन् ‘ माई नगरपालिका वडा नं २ को चेप्टीमा निर्माणाधिन हेप्पी ड्रिम प्रालिको नाममा के कति जमिन रहेको छ ? उक्त जमिन प्राप्तिका आधार के के हुन् ? को संग, कहाँ र कसरी खरिद वा प्राप्ति गरिएको छ ? र कसरी निर्माण गर्ने तथा निर्माण गरिरहँदा कुन कुन सरोकारवाला निकायसंग छलफल गरी गर्ने ? तथा कुन कुन निकायसंगको अनुमति वा सहमतिमा निर्माण गर्ने ? भन्ने बिषय स्वयम कम्पनीको हो त्यसको स्विकृति अनुगमन साथै कानुनी दायराभित्र सन्चालन गर्ने सम्बन्धित निकायको भएकोले मलाई आरोप लगाउनु पुर्वाग्रह मात्र हो । ’
उनले कम्पनीसंग जोडेर आफ्नो सेयर नरहेको बताए । उनले स्थानीय जनताको जिवनस्तर उकास्न बाह्रय लगानीकर्तालाई यस क्षेत्रमा आर्कषित गर्दै विकासका पुर्वाधार निर्माण गरी रोजगारीको अवसर सिर्जना गर्न स्थानीय स्रोत र साधनको सदुपयोग र कानुनी दायरामा रहि आन्तरिक राजस्व वृद्धि गर्दै रोजगारी सिर्जना गर्न चाहेको बताए ।
