Local Sandesh बिहिबार, कार्तिक १३ २०८३
  • ट्रेण्डिङ :

रोयल जोगमाई नकाउट फुटबल : खुल्ला तर्फका २ खेल हुँदै

रोयल जोगमाई नकाउट फुटबल : खुल्ला तर्फका २ खेल हुँदै

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक १३ २०८३


रोयल जोगमाई नकाउट फुटबल : खुल्ला तर्फका २ खेल हुँदै

जोगमाई । इलामको माईजोगमाई गाउँपालिका–२ जोगमाई मुलखर्कमा आयोजित रोयल जोगमाई नकाउट फुटबल प्रतियोगिता खुल्ला तर्फ आज २ खेल हुँदैछ । पहिलो खेलमा टि।टि नयाँबजार र रियल फिक्कल तथा दोश्रो खेलमा लभ्ली युवा क्लबले पाहुना टोली भारतको रिम्बिक लोधोमासंग प्रतिस्पर्धा गर्नेछ ।

हिजो भएको उद्धघाटन खेलमा आयोजक रोयल जोगमाई एफसीले सानो बाङ्गीनलाई ४–० ले हराएको छ। प्रतियोगिताको उद्धघाटन माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले गरेका थिए ।

उद्धघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रविना राई, वडाध्यक्ष डम्बर बहादुर सुवेदी, माईजोगमाई खेलकुद परिषद अध्यक्ष देवेन्द्र पौडेल, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवम नेकपा इलामका संयोजक बिजय खम्बु लगायतले शुभकामना मन्तव्य राखे ।

आगामी कार्तिक २९ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भेट्रान्स तर्फको खेल समेत संचालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार