Local Sandesh मंगलबार, कार्तिक ११ २०८३
  • ट्रेण्डिङ :

कोशीको पर्यटन वर्षमै २२ प्रतिशतले घटे पर्यटक

कोशीको पर्यटन वर्षमै २२ प्रतिशतले घटे पर्यटक

  • सन्देश सम्बाददाता
  • सोमबार, कार्तिक १० २०८३


कोशीको पर्यटन वर्षमै २२ प्रतिशतले घटे पर्यटक

विराटनगर । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षमै पर्यटकको आवागमन २२ प्रतिशतले घटेको एक तथ्याङ्कले देखाएको छ । विदेशी पर्यटकको आगमन घट्दा त्यसको प्रत्यक्ष असर यहाँको होटल व्यवसाय, रोजगारी र समग्र हवाई यातायात क्षेत्रमा परेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले केही दिन अगाडि सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र०८३ को ‘वार्षिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ अनुसार समीक्षा वर्षमा कोशी प्रदेश भित्रिने बाह्य पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको हो । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२र०८३ मा कोशी प्रदेशका पर्यटकीय स्तरका होटलहरूमा भित्रिएका बाह्य पर्यटकको संख्या २१।८ प्रतिशतले घटेर ४७ हजार ४५७ जनामा सीमित भएको छ । आर्थिक वर्ष २०८१र०८२ मा यस्ता पर्यटकको संख्या २८।६ प्रतिशतले बढेको थियो । पर्यटक आगमनमा आएको यो गिरावटमा विशेषगरी भारतीय र तेस्रो मुलुकका पर्यटकहरूको संख्या घट्नु मुख्य कारण रहेको छ । अघिल्लो वर्षको तुलनामा भारतबाट आउने पर्यटकको संख्या १९।१ प्रतिशतले घटेको छ भने तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा ५३।८ प्रतिशतको गिरावट आएको छ । यस अवधिमा चिनियाँ पर्यटकको संख्यामा भने ०।७ प्रतिशतको वृद्धि देखिएको छ ।

बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको आवागमन समेत ७।६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । पर्यटकको आगमन सुस्त भएसँगै प्रदेशका पर्यटकीय होटलहरूको व्यवसायमा प्रत्यक्ष मन्दी छाएको छ । अध्ययनमा समेटिएका होटलहरूको औसत अकुपेन्सी दर घटेर ३२।० प्रतिशतमा झरेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ३९।२ प्रतिशत थियो । यसका साथै होटलहरूको शय्या ९बेड० संख्यामा समेत ३।३ प्रतिशतले सङ्कुचन आएको छ । पर्यटक नआउँदा र होटल व्यवसाय शिथिल बन्दा यस क्षेत्रमा रोजगारी गुम्ने अवस्था सिर्जना भएको छ । समीक्षा वर्षमा कोशी प्रदेशका पर्यटकीय स्तरका होटल व्यवसायमा संलग्न श्रमिकहरूमध्ये ६।५ प्रतिशतले रोजगारी गुमाएका छन् । जबकि अघिल्लो आर्थिक वर्षमा यस क्षेत्रको प्रत्यक्ष रोजगारीमा १२।४ प्रतिशतको वृद्धि देखिएको थियो । पर्यटन क्षेत्रको शिथिलताको प्रभाव हवाई सेवामा समेत स्पष्ट देखिएको छ । आर्थिक वर्ष २०८२र०८३ मा कोशी प्रदेशका विमानस्थलहरूबाट हुने समग्र हवाई उडान संख्या ४।९ प्रतिशतले घटेर ५० हजार ९२६ मा सीमित भएको छ । अघिल्लो वर्ष पनि उडान संख्या १।२ प्रतिशतले घटेको थियो । उडान संख्यासँगै हवाई यात्रुको संख्यामा समेत २।४ प्रतिशतले कमी आएको छ । समीक्षा वर्षमा कोशी प्रदेशका विभिन्न विमानस्थलहरूबाट १२ लाख १७ हजार ३८१ जना यात्रुको आगमन भएको छ, जसमा आगमन यात्रुतर्फ २।७ प्रतिशत र प्रस्थान यात्रुतर्फ २।१ प्रतिशतले गिरावट आएको छ । प्रतिवेदनले कोशी प्रदेशमा पर्यटन आवागमन कमजोर हुनुमा प्रचारप्रसारको कमी र पूर्वाधारको अभावलाई मुख्य चुनौतीका रूपमा चित्रण गरेको छ । प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्याप्त प्रचार–प्रसार हुन नसक्नु, अनलाइन मार्केटिङ, डिजिटल सूचना र बुकिङ प्रणालीको अभाव हुनुले पर्यटक आगमनलाई प्रभावित बनाएको छ । यसैगरी, दुर्गम पर्यटकीय क्षेत्रमा सडक तथा सार्वजनिक यातायातको सहज पहुँच नहुनु, गुणस्तरीय होटल तथा रिसोर्ट, सफा खानेपानी, शौचालय तथा सरसफाइको अपर्याप्तता अर्को मुख्य समस्या छ । बाढी, पहिरो र हिमपातजस्ता प्राकृतिक प्रकोपका कारण सडक सञ्जाल अवरुद्ध हुने समस्याले पर्यटन आवागमनलाई थप जोखिमपूर्ण बनाएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने मुख्य मार्ग मेची राजमार्गको माईखोला खण्डमा पहिरो जाँदा लामो समयसम्म आवागमन ठप्प भएको विषयलाई समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साथै, दुर्गम क्षेत्रमा पर्यटकका लागि आवश्यक सूचना, आकस्मिक उद्धार तथा सुरक्षा संयन्त्र पर्याप्त नहुनुले पनि विदेशी पर्यटकलाई आकर्षित गर्न नसकिएको अध्ययनले देखाएको छ । पर्यटक आगमनमा आएको गिरावटबिच प्रतिवेदनले कोशी प्रदेशमा पर्यटन पुनरुत्थानका थुप्रै सम्भावनाहरू पनि औँल्याएको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा, तेस्रो अग्लो हिमाल कञ्चनजंघा र मकालुजस्ता आठ हजार मिटरभन्दा अग्ला हिमालहरू यही प्रदेशमा रहेकाले केवलकार र सुविधासम्पन्न होटल पूर्वाधार विकास गरी साहसिक र दृश्यावलोकन पर्यटन विस्तार गर्न सकिने प्रशस्त ठाउँ छ । धार्मिक पर्यटनतर्फ झापाको अर्जुनधारा जलेश्वर धाम, ताप्लेजुङको पाथीभरा देवी, खोटाङको हलेसी महादेव, सुनसरीको बराहक्षेत्र तथा चतराधामलाई एकीकृत पर्यटकीय सर्किटमा जोडेर छिमेकी भारतीय राज्यहरू ९बिहार, पश्चिम बंगाल र उत्तर प्रदेश० बाट लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिने आधार छन् । यसका साथै भारतीय सीमावर्ती क्षेत्रका आधुनिक अस्पतालहरूको विस्तारसँगै स्वास्थ्य पर्यटन मेडिकल टुरिजम, सीमावर्ती सहरका तारे होटलहरूमा ‘डेस्टिनेसन वेडिङ’ तथा व्यावसायिक बैठकहरूको आयोजना र इलाम, भेडेटार, वसन्तपुर, तीनजुरे–मिल्के–जलजलेजस्ता प्राकृतिक हिल स्टेसनहरूलाई कृषि–पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटकको संख्या र बसाइ अवधि बढाउन सकिने सुझाव नेपाल राष्ट्र बैंकले दिएको छ । कोशी प्रदेश सरकारले गत आर्थिक वर्षको बजेटमा ‘कोशीको गौरव, हिमालको शानः पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा कार्यान्वयनका लागि भन्दै ५ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये २ करोड ४१ लाख रुपैयाँ अर्थात् ४५।६० प्रतिशत खर्च गरेको थियो ।

आर्थिक वर्ष २०८१र०८२ मा पनि प्रदेश सरकारले पर्यटन वर्षका नाममा ४ करोड ३९ लाख रुपैयाँ खर्च गरेको थियो । प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मार्फत प्रदेशलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने, पर्यटनबाट आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्ने, लुकेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने, भारतीय तथा तेस्रो मुलुकका पर्यटकको संख्या बढाउने र उनीहरूको बसाइ अवधि लम्ब्याउने अपेक्षा गरेको थियो । तर, तीमध्ये अपेक्षित उपलब्धि हासिल हुन नसकेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा पनि २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ गौरवका साथ सञ्चालन गर्ने घोषणा गरिएको छ । त्यसका लागि १२ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख भए पनि रातोकिताबमा सो बजेट नै नरहेको पाइएको छ ।  रातोपाटीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार