- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।
- यो अभियान राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, जनजीविका र सङ्गठन सुदृढीकरणका लागि सञ्चालन गरिनेछ ।
- अभियान अन्तर्गत पार्टी समिति र जनवर्गीय सङ्गठनहरूको समायोजन, सदस्यता नवीकरण, जनताकेन्द्रित कार्यक्रम, र जनजीविकाका मुद्दाहरू सङ्कलन गरिनेछ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०को दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
असोज २३ गते बसेको बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । ‘राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक विशेष अभियानका रूपमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ’, निर्णयमा भनिएको थियो ।
यस्ता छन् कार्यक्रम
- पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा सङ्गठनहरूको समायोजनको बाँकी काम सम्पन्न गर्ने सङ्गठित सदस्यता नवीकरण तथा विस्तार अभियान तीव्र रूपमा सञ्चालन गर्ने
- पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमहरू सञ्चालन गर्ने
- जनता र पार्टीबिचको सम्बन्धलाई प्रगाढ बनाउन जनताकेन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने सांस्कृतिकलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने
- जनताका माग र दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायहरूमा पेस गर्ने र कार्यान्वयनका लागि पहल गर्ने
- श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्ने
- विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरूमा सहयोग गर्ने
- राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन तथा जनजीविकाका सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
- महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने । केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गर्ने ।