काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार ४१ मध्ये १५ खेल नेपालमा तय भएको हो । नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल हुनेछन् । अन्तराष्ट्रिय खेलकुदले नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ । बिदेशी खेलाडी सहितको टोली नेपालमा बास बस्ने हुँदा उनीहरुले नेपालका पर्यटकीयस्थलका बारेमा जानकार लिन पाउने र भ्रमण गर्ने भएकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएको हो ।