माई । इलामको माई नगरपालिका–२ र ८ मा सामुदायिक वन अतिक्रमण गरि पार्क बनाइएको भन्दै माओवादी केन्द्रले छानविनको माग गरेको छ । हेप्पी ड्रिम्स प्रालिले करिब २ सय रोपनी ऐलानी तथा सरस्वती सामुदायिक वनको जग्गा अतिक्रमण गरी वन पैदावार समेत नष्ट गर्दै फन पार्क निर्माण गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यवाहक अध्यक्ष रञ्जना थापाले विज्ञप्ती जारी गर्दै चुरे जस्तो संवेदनशिल क्षेत्रको संरक्षण गरि आम नागरिकको धनजनके सुरक्षा प्रति पार्टी संवेदनशिल भएको जनाएकी छन् । विज्ञप्तीमा लेखिएको छ ‘ सार्वजनिक सम्पतीलाई कुनै निश्चित व्यक्ति वा निजी कम्पनीले आफ्नो स्वार्थका लागि प्रयोग गर्नु घोर निन्दनीय र आपत्तिजनक बिषय भएकोले उक्त घटनाका दोषी उपर यर्थाथ छानविन गरी सत्यतथ्य पत्ता लगाई नियमानुसार कानुनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित सबै पक्षमा हार्दिक अपिल गरिन्छ ।’
