Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

जेनजी विद्रोह : सडकदेखि भविष्यको नेतृत्वसम्म

जेनजी विद्रोह : सडकदेखि भविष्यको नेतृत्वसम्म

  • भुषण गौतम
  • बुधबार, असोज १ २०८२


जेनजी विद्रोह : सडकदेखि भविष्यको नेतृत्वसम्म

हामी कहिलेकाहीँ ठूला सामाजिक आन्दोलनहरूलाई केबल राजनीतिक वा आर्थिक दृष्टिले मात्र हेर्छौँ । तर यस्ता आन्दोलनहरूको प्रभाव परिवार, समाज र साना बालबालिकासम्म पनि गहिरो रूपमा पुगिरहेको हुन्छ । हालैको जेनजी विद्रोहका पाँच दिनहरूले मेरो परिवारमा यो कुरालाई प्रत्यक्ष अनुभूत गरायो ।

मेरो नौ वर्षको छोरो, जसले राजनीति वा सामाजिक संरचना बुझ्दैन, बुझ्ने बेला नै भएको छैन। तर घरभित्र हामी बाबु आमा देशभरि घटेका विभिन्न घटनाबारे कुरा गर्दा उसले हामीलाई अनेकौँ जिज्ञासापूर्ण प्रश्न सोधिरह्यो, “किन मानिसहरू सडकमा उत्रिएका हुन् रु”, “किन प्रहरी र भीडबिच झगडा भैराखेको छरु” “किन सरकारी र निजी भवनहरूमा आगो लगाएको रु” जस्ता प्रश्नहरू।

यस्ता प्रश्नहरूले हामीलाई अचम्मित बनाएन, किनकी सहि उत्तर पाउन भन्दा बढी उसलाई उमेरअनुसारको बाहिरको अवस्थाले मनोवैज्ञानिक रूपमा गम्भीर बनायो । उसले बिद्रोहको वास्तविक कारण त बुझ्दैन, तर आँखा अगाडि देखिएका भीड, चर्को नाराबाजी, तोडफोड र अराजक दृश्यहरूले उसलाई भयभित बनायो सायद ।

हामीले उसलाई शान्त पार्न र सहज बनाउन स(साना जिज्ञासा मेटाउन उसकै उमेरमा हुने क्रियाकलापसँग जोडेर उदाहरण दिँदै बुझाउने कोसिस गर्यौ।

जेनजीको विद्रोहको आजको अवस्था केवल असन्तुष्ट युवाको बाह्य प्रदर्शन मात्र होइन, भावी पुस्ताले यो घटनाबाट कस्तो शिक्षा लिन्छन् भन्ने सवालसँग पनि गाँसिएको छ।

जसरी मेरो छोरो प्रश्न गरिरहेको थियो, त्यस्तै प्रश्न हजारौँ बालबालिकाले आफ्ना अभिभावकलाई हरेक घरमा सोधे होलान्। यसले के देखाउँछ भने नयाँ पुस्ताको आन्दोलनले अर्को पुस्ता यानेकि पुस्ता अल्फाको जिज्ञासा र चेतनामा पनि बीउ रोप्दैछ। यही बीउ भविष्यमा बुझाइ, चेतना र सम्भावित परिवर्तनको आधार बन्न सक्छ।

जेनजी भन्नाले सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका वा भनौं १३ बर्षदेखि १८ बर्ष उमेर समुहका युवाहरूलाई बुझिन्छ। यी आजका किशोर–किशोरीदेखि बीसको दशकमा पुगेका युवासम्मको पुस्ता हुन्।

प्रविधि, इन्टरनेट, सामाजिक सञ्जाल र स्मार्टफोनसँगै हुर्केका भएकाले यो पुस्तालाई डिजिटल नेटिभ पनि भनिन्छ। यो पुस्ता केबल मनोरञ्जन र सामाजिक मिडियामा सक्रिय मात्र होइन, सामाजिक, राजनीतिक र आर्थिक असमानताविरुद्ध सजग भएर उठ्ने पुस्ता पनि हो।

विश्वभरका समाजशास्त्रीहरूले जेनजीलाई अघिल्ला पुस्ताभन्दा फरक पुस्ता मानेका छन्। यिनीहरू परम्परागत ९–५ काम गर्ने जीवनशैलीभन्दा स्वतन्त्रता, लचिलो रोजगारी, वातावरणीय न्याय, लैङ्गिक समानता र पारदर्शी शासनलाई प्राथमिकता दिन्छन् भन्ने कुरा यो पुस्तामा देखिएको व्यवहारले बताउँदै लगेको छ।

त्यसैले संसारभरि नै यस पुस्ताले विद्रोह, आन्दोलन र वैकल्पिक जीवनशैली रोजिरहेको अवस्था छ। विभिन्न देशमा देखिएको जेनजी बिद्रोहले विश्वभर अल्गोरिदमको काम गरेको अवस्था छ जुन इण्डोनेसिया पछि नेपालमा देखियो र उनीहरूको विद्रोहले नेपालको राजनितिक अवस्थामा ल्याएको परिवर्तनले अन्य कति देशहरूलाई असर गर्ने हो या होइन त्यो भविष्यले बताउँला। अब कुरा गरौँ बिश्वमा जेनजीले बिभिन्न देशमा गरेको बिद्रोह र तिनले ल्याएको परिवर्तनका कुरा।

हङकङमा सन् २०१९ मा भएको विरोध प्रदर्शनमा लाखौँ युवाको सहभागीता रह्यो। चीन–समर्थित भ्हतचबमष्तष्यल द्यष्िि को विरोधमा सुरूभएको यो आन्दोलनमा जेनजी अग्रपंक्तिमा थिए। उनीहरूले सामाजिक सञ्जाल, इन्क्रिप्टेड च्यानल र फ्ल्यास–मोबाइल प्रदर्शनमार्फत आफ्नो आवाज बुलन्द गरे। यस आन्दोलनले त्यहाँको सरकारलाई कानून फिर्ता लिन बाध्य बनायो। यसले के देखाउँछ भने जेनजीको प्रविधि–आधारित विद्रोहले ठोस परिणाम दिन सक्छ।

त्यस्तै युरोप र अमेरिकामा न्चभतब त्जगलदभचन नेतृत्वको “ँचष्मबथक ायच ँगतगचभ र क्गलचष्कभ ःयखझभलत” जस्ता अभियानहरूले जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी चासो जगाए।

यो आन्दोलनमा पनि जेनजीले मुख्य भूमिका खेल्यो, जसले विश्वका ठूला जलवायु सम्मेलनहरूमा सकारात्मक दबाब सिर्जना गर्‍यो। यसले देखाउँछ कि युवाको एकताले विश्वव्यापी नीतिमा प्रभाव पार्न सक्छ ९ग्ल् ऋष्mिबतभ क्गmmष्त च्भउयचतक, द्दण्ज्ञढ०

चीनमा बेरोजगारी र आर्थिक असुरक्षाको कारण जेनजीले नयाँ जीवनशैली रोज्न थालेका छन्। रिभेन्ज सेभिङ” नाम दिइएको अभ्यासमा उनीहरूले खर्च घटाएर न्यूनतम खर्चमा बाँच्ने तरिका अपनाउन थालेका छन्।

चीनमा भइरहेको “रिभेन्ज सेभिङ” आन्दोलन भन्नाले युवाहरुले आर्थिक मन्दी, रोजगारीको कमी र वित्तीय अनिश्चितताप्रति प्रतिक्रिया स्वरूप आक्रामक रूपमा पैसा बचत गर्ने प्रवृत्ति हो। जेनजीले परम्परागत रोजगार अस्वीकार गर्दै वैकल्पिक अर्थतन्त्र रोजेका छन् रोज्न सक्छन् भन्ने नजिर स्थापित गरेको छ ।

त्यस्तै २०१२ मा स्थापना भएको रोजाभा  उत्तर–पूर्वी सिरियाले वैकल्पिक शासन मोडेल प्रस्तुत गरेको छ। यहाँ केन्द्रीकृत सरकार छैनस बरु स्थानीय परिषद्, महिला नेतृत्व, सहकारी अर्थतन्त्र र इको–सोसलिज्ममा आधारित प्रणाली छ।

महिलाले नेतृत्वमा ५०५ स्थान पाएका छन्, श्रमिकहरूले सहकारी उत्पादन नियन्त्रण गर्छन् र सौर्य ऊर्जा परियोजनाले समुदायलाई आत्मनिर्भर बनाएको छ। यसले प्रमाणित गर्छ कि नयाँ पुस्ताले चाह्यो भने, पूँजीवाद वा साम्यवाद भन्दा फरक, न्यायपूर्ण समाज निर्माण गर्न सक्छ ।

नेपालमा जेनजी बिद्रोह

नेपालमा हालसालै देखिएको जेनजीको विद्रोह केवल सडक प्रदर्शन मात्र थिएन, पुरै पुस्ताको सोचमा आएको ठूलो परिवर्तनको अभिव्यक्ति पनि थियो। सन् १९९७ पछि जन्मिएका युवा, जसलाई आज हामी जेनजी भन्छौं, ती विश्वव्यापी रूपमा प्रविधि, सामाजिक सञ्जाल, र सूचनाको खुलापनसँगै हुर्किएका छन्।

उनीहरूले विश्वका बिभिन्न आन्दोलनहरू प्रत्यक्ष रुपमा हेरिरहेका छन्, र तिनै अनुभवलाई आफ्नो देशमा देखेका समस्यासँग जोडिरहेका थिए।

नेपालमा लामो समयदेखि चल्दै आएको बेरोजगारी, राजनीतिक दलहरूको असक्षमता, सार्वजनिक निकायहरूमा भएको चरम भ्रष्टाचार, र सामाजिक सञ्जालमा रोकजस्ता नीतिहरूले उनीहरूलाई असन्तुष्ट तुल्याइरहेको थियो।

त्यति मात्रै हैन दल र देशको नेतृत्व बुढा पुस्ताबाट नयाँ वा युवा पुस्तामा हस्तातरण हुन नसकेको, सरकार र सत्ता केवल प्रमुख तीन दलको वरिपरि घुमिराख्ने अबस्था वा तीन देशको नेतृत्वमा शिर्षस्त नेताको सिण्डिकेट प्रति यो पुस्ताको आक्रोश असन्तुष्टि सामाजिक सन्जालहरूमा प्रष्ट देखिन्थ्यो। पुराना पुस्ताले राजनीति गर्ने नाममा जे गर्न सकेनन्, त्यही असफलता विरुद्ध युवा पुस्ता सडकमा ओर्लन बाध्य भयो।

यस आन्दोलनको स्वरूप अघिल्ला आन्दोलनभन्दा निकै फरक देखियो। कुनै राजनीतिक पार्टी वा व्यक्तिको नेतृत्वमा नभई, यो विद्रोह स्वतःस्फूर्त रूपमा युवाहरूले नै सुरू गरे। सामाजिक सञ्जाल नै यसको प्रमुख आधार बनेको थियो, जहाँ फेसबुक, इन्स्टाग्राम, टिकटक, डिस्कोर्ड र एक्स आदि सामाजिक सञ्जालको मध्यमबाट उनीहरूले सूचना सम्प्रेषण गर्दै भ्रष्टचार, अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध सडकमा आउन आह्वान गरे।

प्रदर्शन शान्तिपूर्ण हुने भनिएपनि बिभिन्न स्वार्थ बोकेर आन्दोलनमा घुसपैठ गरेका मानिसहरुले देशभर ठुलो बितण्डा मच्चाए। सिंहदरवार, सर्वोच्च अदालत, संसद भवन देखि ठुलठुला होटल, विजिनेस कम्प्लेक्स, सरकारी कार्यलय, प्रहरी कार्यलय, भवन आगो लगाएर र तोडफोड गर्दै ध्वस्त पारियो।

त्यहि माथि बिद्रोहको पहिलो दिन सरकारले आन्दोलनकारी माथि बरबरतापूर्वक अन्धाधुन्द गोली चलाउँदा झण्डै २१ जना कलिला जेनजी पुस्ताले अनाहकमा ज्यान गुमाउनुपर्यो। हालसम्म ५१ जनाको मृत्यु भैसकेको अवस्था छ। बिद्रोह थेग्नै नसकेपछि प्रधानमन्त्रीले राजिनामा दिए । यो बिद्रोहले परिवर्तन त ल्यायो तर सँगसँगै देशले ठुलो भौतिक, मानवीय र सामाजिक क्षति बेहोर्न पुग्यो।

बिद्रोहपछि केहि अन्यौल देखिएपनि देशले पहिलो महिला अन्तरिम प्रधानमन्त्री पाएको छ। संसद बिघटन भएको छ। बिस्तारै परिस्थितिले सहि ट्रयाक समाउँदै लगेको छ। निर्वाचनको मिति तोकिएको अवस्था छ। भविष्यमा परिस्थिति कस्तो बन्छ त्यो भविष्यले नै बताउँला तर छोटो समयमा भएको यो परिवर्तनले सबैमा आशाको किरण जगाएको छ।

यो पुस्ताको अबको बाटो

यहिँ पुस्ता थियो जसले एक समय राजनितीलाई फोहोरी खेल भनेर चित्रित गर्थ्यो र राजनीतिमा सामेल नै हुन् चाहान्थेन। राजनितीबाट टाढा भाग्थ्यो। तर परिस्थिति यस्तो बन्दिय‍ो कि देशमा भ्रष्टचार, व्यथिती, अनियमितता, बेरोजगारी, र दण्डहिनताले सिमा नाग्यो। जसलाई बिभिन्न माध्यमबाट भएको जनताको खबरदारीले कुनै परिवर्तन ल्याउन सकेन।

त्यसमा विशेषगरी जेनवाइ ले मौनता साँध्यो। पुराना दलहरुको बिलासी जीवनशैली, भ्रष्टचार, बिशेषगरी युवापुस्ताको भावना बिपरितका नीति नियम र ब्यवहारले युवाहरुमा भित्र भित्रै भुसको आगो जसरी आक्रोस जम्मा भएर बसेको थियो।

बेरोजगारीका कारणले हरेक दिन १०००र१२०० ले देश छाडिराखेको अवस्था, बिदेशबाट बाकसमा भरिएर आउने आफ्नै देशका दाजुभाइको लास देख्दा युवाहरुमा राजनीतिक दल बिशेष गरी दलहरुका शिर्षस्थ नेताहरूप्रति ठुलो आक्रोस पैदा गरिराखेको अवस्था थियो । त्यो आक्रोस जेनजीको बिद्रोह बनेर पोखियो।

अब यो पुस्ताले राजनीति “फोहोरी खेल” हो भन्ने सोच त्यागेर, यसलाई सफा गर्ने जिम्मेवारी लिनुपर्छ। यदि राजनीति फोहोरी छ भने सफा गर्ने पनि यही पुस्ता हो। त्यसका लागि युवाले अब नागरिक चेतना सम्बन्धित बिषयमा आफ्नो ज्ञान बढाउनैपर्छ। संविधान, नीति निर्माण प्रक्रिया, बजेट कसरी बनाइन्छ, कसरी बिनियोजन गरिन्छ, सुशासन विधि प्रक्रिया, लोकतान्त्रिक मुल्य मान्यता, मानव अधिकार जस्ता कुराहरु बुझ्न आवश्यक छ।

जसका लागि उनीहरूलाई अहिले नै सत्ताको नेतृत्व गर्ने आँट र परिपक्वता पुग्दैन जस्तो लाग्छ भने राजनीतिक दलभित्र वा बाहिर, स्थानीय निकाय, स्वतन्त्र अभियान वा नागरिक मञ्चमार्फत राजनीतिक गतिबिधिहरुमा सक्रिय हुनुपर्छ।

विद्यालय, क्याम्पस र समुदायमा नै नागरिक चेतनासँग सम्बन्धित बिभिन्न कार्यक्रम, गोष्ठी, सम्मेलन, वादविवाद, मिनी–पार्लियामेन्ट र जनचेतनामूलक गतिविधिमा सम्लग्न हुनैपर्छ। यसरी अभ्यास गर्दा मात्र नेतृत्व क्षमताको विकास हुन्छ ।

भ्रष्टाचारविरुद्ध युवाले ठोस कदम चाल्न सक्नेछन् जसले गर्दा भ्रष्टचार स्थानीय तहबाटै मौलाएर माथिसम्म एउटा भ्रष्टचारको साङ्लो नै बनेको अवस्था छ, जुन तोड्न समय लाग्छ।

जसका लागि आजैबाट स्थानीय तहदेखि नै बजेट निर्माण र ठेक्का प्रक्रियामा पारदर्शिता माग्दै, खुला डेटा प्रणालीको प्रयोग गर्दै र डिजिटल माध्यममार्फत हाम्रा प्रतिनिधिहरुलाई सजग गराउन सकिन्छ।

अनियमितता भए उजागर र भण्डाफोर गर्न सकिन्छ। यसका साथै, बेरोजगारी समस्याबाट जोगिन युवाले रोजगारीका लागि बिदेश जाने बिकल्पलाई त्यागेर सरकारी जागिरमा भिड्न थाल्नुपर्छ। सरकारी जागिरमा सम्लग्न हुन सकिएन भने केवल

सरकारी जागिरको पर्खाइमा बस्नुभन्दा कृषि, पर्यटन, सूचना प्रविधि र हरित ऊर्जा जस्ता क्षेत्रमा सहकारी उद्यम स्थापना गर्न तर्फ लाग्नुपर्छ । उद्यमशीलता र रोजगारी सिर्जना गरेर मात्र देशभित्रै अवसर बढाउन सकिन्छ।

सामाजिक नेतृत्वमा युवाको भूमिका अझ महत्त्वपूर्ण हुन्छ। वातावरणीय न्याय, लैङ्गिक समानता, सामाजिक न्यायजस्ता मुद्दाहरुमा यो पुस्ताले अग्रणी भूमिका खेल्न सक्छ। उनीहरूले देखाउने सक्रियताले राजनीति शुद्ध मात्रै हुने हैन, बरु समाज र समाजका सरोकारवालाहरु नै न्यायपूर्ण, पारदर्शी र उत्तरदायी बन्छन् ।

त्यसैले, अब यो पुस्ताले विदेशलाई मात्र भविष्यको आधार मान्ने सोच त्याग्न जरुरी छ। स्थायी रूपमा देश छोड्नु समाधान होइन। यही देशमै बसेर अवसर सिर्जना गर्ने, राजनीति सफा गर्ने र समाजलाई अगाडि बढाउने जिम्मेवारी यही पुस्ताको काँधमा छ।

जेनजीअब केवल टिकटक वा फेसबुकमा सक्रिय पुस्ता र भिडियोरइन्टरनेट गेममा रमाउने पुस्ता भनेर समाजले चित्रण गर्थ्यो तर यो बिद्रोहले प्रमाणित गरिसकेको छ कि यो पुस्ता नेपालको भविष्य निर्माण गर्ने पुस्ता हो।

यस पुस्ताले अब राजनीतिलाई नजिकबाट बुझ्ने, सहभागी हुने र सक्रियतापूर्वक सफा गर्ने थाल्ने हो भने भोलिको नेपाल भ्रष्टाचारमुक्त, पारदर्शी, रोजगारयुक्त र समृद्ध बन्न सक्छ। यो पुस्ताले बुझ्नुपर्ने एउटा कुरा के हो भने— बिद्रोहपछि उनीहरुमा देशको ठुलो जिम्मेवारी थपिएको छ। बिद्रोहपछि हाम्रो कम सकियो भनेर आफ्ना जिम्मेवारीबाट पन्छियो भने र टाढा भाग्यो भने पनि देशको भावी परिस्थितिले उनीहरूलाई छाड्ने छैन। त्यसैले राजनीति सुधार्ने र भविष्य बनाउने जिम्मेवारी यही पुस्ताको हो। जेनजीलाई शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित समाचार