Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रेडहर्स इलामको प्रतिद्धन्द्धी देवदह रुपन्देही

रेडहर्स इलामको प्रतिद्धन्द्धी देवदह रुपन्देही

  • सन्देश सम्बाददाता
  • आइतबार, भाद्र २८ २०८३


रेडहर्स इलामको प्रतिद्धन्द्धी देवदह रुपन्देही

इलाम । हनामी तेस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो क्वाटरफाइनल खेलमा रेडहर्स फुटबल क्लबले देवदह ब्वाइज रुपन्देहीसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगितामा रेडहर्ससहित मलेसियाको एन पेनाङ एफसी, भुटानको पाक्सम एफसी, सातदोबाटो युथ क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), देवदह ब्वाइज रुपन्देही, सूर्यपुर एफसी कालिका चितवन र आयोजक विएफसी भरतपुर गरी आठ टोली सहभागी छन्।

असोज ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीहरूबीच नकआउट आधारमा प्रतिस्पर्धा भइरहेको छ। रेडहर्स र देवदह ब्वाइजबीचको खेल तेस्रो क्वाटरफाइनलका रूपमा हुनेछ। प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा स्वदेशी तथा विदेशी टोलीको सहभागिताले चितवन गोल्डकपलाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार