Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

युगले जन्मायो तर चिनेन समाज र सरकारले : जादुमयी खेलाडी राम कुमार राई

युगले जन्मायो तर चिनेन समाज र सरकारले : जादुमयी खेलाडी राम कुमार राई

  • जीवन शर्मा 
  • बुधबार, फाल्गुन २० २०८२


युगले जन्मायो तर चिनेन समाज र सरकारले : जादुमयी खेलाडी राम कुमार राई
जति बेला विश्व फुटबल फट्को मारिरहेको थियो ठिक त्यसैबेला मोफसलका मैदानमा चमत्कारपुर्ण ढंगले बल गुडाउँथे उनी अर्थात राम कुमार राई । हो राम कुमार राई फुटबल खेलका जादुमयी खेलाडी थिए । उनले जहाँ जहाँ गएर खेले सबै ठाउँमा जित निकालेर आउँथे । कतिसम्म भने एक गोल त उनी जसै लगाउँथे । राम कुमारसङ्गै खेल्ने उनका भाइ पुर्ण बहादुर राई सम्झिन्छन्– सोक्तिममा खेल थियो । हार्ने अवस्थामा पुगियो अनि दाइले भन्नुभयो । म एक गोल लगाउछु खेल जितेर जानुपर्छ हैँ । हामी सबै खेलाडीमा उर्जा थपियो । नभन्दै दाजुले हेडिङ्ग मार्फत यस्तो गोल लगाउनुभयो कि बल नै कसैले देखेन । अनि खेल जितेर आइयो । तर खेल चाहिँ बिना बुट खेलिन्थ्यो । बुट किन्ने ल्याकत त हामीसङ्ग कहाँ हुन्थ्यो र ?
हो राम कुमार राई फुटबलका अब्बल खेलाडी थिए । जसै उनी लक्ष्य चुमेर नै आउँथे । त्यो बेला पन्चकन्या टिमसङ्ग खेल्न सबै डराउँथे । त्यो बेला उनका टिमका खेलाडीहरु गोलकिपर उमाकान्त सापकोटा थिए भने अन्य खेलाडीहरुमा राम बहादुर राई, पुर्ण बहादुर राई, नन्द कुमार राई, प्रेम सापकोटा, सदन कुमार राई, तेज बहादुर सुब्बा, धन बहादुर थापा मगर, मदन अधिकारी, तेज बहादुर राई अर्जुन राई थिए । उनले तत्कालिन मेची अञ्चल टीमबाट पनि खेले । त्यो बेला मेची अञ्चल टिम क्याप्टेन  थिए– राम दर्शन गुरुङ ।  त्यो बेला उनलाई मेची सेलेक्टर खेलाडी भनेर चिनिन्थ्यो । उनका टिममा पुर्व सभामुख सुभासचन्द्र नेम्वाङ पनि    थिए । त्यसैगरी पुर्व जिल्ला बिकास समितिका सभापति लाल बहादुर सुब्बा पनि   थिए । उनको टिमले अर्थात उनी संलग्न मेची अन्चल टिमले राष्ट्रिय ब्यापी फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल ग¥यो । उनको खेलको चर्चा जताततै फैलियो । उनलाई । उनलाई हरेक टिमले खेलाउने गर्थे । उनले स्मरण गरे खेल खेल्न चाहिँ पाण्डे सेभेनसँग बढी आनन्द आउथ्यो रे । शरण पाण्डे, फन्दासिङ प्रसाद गणेश पाण्डेहरुको मजबुद टिम थियो रे । त्यसैगरि बौद्धधामका अनिल योन्जन बरबोटेका सुरेन राई रुङ्सुङका कमल राई बौद्धधामका जीवन योन्जनहरुसङ्ग पनि उनले धेरै बल खेलाए ।
३० को दशकमा उदाएका राम कुमार राई जतिबेला बिश्व फुटबलमा अर्जिनटिनाका डिएगो म्याराडोना विश्वकप फुटबलमा चमत्कार ढंगले बल खेलाउथे उत्ति नै बेला राम कुमार राई करफोक, इलाम सोक्तिम, झापा चन्द्रगडी लगायतका ग्राउण्डमा बल खेलाउथे । उनको डबिलिङ कला म्याराडोना भन्दा कम थिएन । म्याराडोना जस्तै सानो कदका राम कुमार राईको खेल कौशल जति व्याख्या गर्दा पनि कम हुन्छ । उनले भारत धेरै स्थानमा गएर फुटबल खेले ।
राम कुमार राईहरुसङ्ग खेल खेल्ने बुट र जर्सी हुदैन थियो रे । खाली खुट्टाले नै खेल्नुपर्ने वाध्यता थियो रे । पछि उनलाई एक सैनिकले बुट किनेर दिएका थिए रे । त्यो बेला फुटबल पनि अहिलेको जस्तो नरम र खेल्न सहज हुने हुदैन थियो रे । चम्राको बल भित्र ब्लडर त्यो पनि हावा भरेपछी बाध्नु पथ्र्यो रे । फुटबल किन्न पनि गा¥हो हुन्थ्यो । उनले सम्झे– एक पटक उनका बाजेले दिएको १५ रुपैयाँले आइतबारेका चन्द्रु पाजुको पसलमा १० रुपैयाँमा बल किन्दा चाहिँ संसार नै जिते जस्तो भएको थियो रे । एक त घरको अवस्था कमजोर त्यहिमाथी आमा पनि नहुदा समय निकाल्न र खेल्न जान धेरै कठिन थियो रे । उनलाई धेरै ठाउँमा खेल्न त लगिन्थ्यो तर बदलामा कहिलेकाही मासुभात खुवाउथे रे नत्र केही पाइदैन थियो रे । राम कुमार राईको जन्म तत्कालीन पञ्चकन्या गाउँ बिकास समिती वाड नं ८ हालको सुर्योदय नगरपालिका वाड नं ११ भित्री गाउँमा भएको हो । सामान्य परिवारमा जन्मेका राम कुमारको बाल्यकाल दुख दुखैमा नै बित्यो । उनले सानै उमेरमा आमाको मायाबाट बन्चित हुनुप¥यो । उनी हाल ७३ वर्षको उमेरमा रोगसङ्ग संघर्ष गरिरहेका छन् । उनले स्थानीय करफोक मा.बि बाट बिद्यालय शिक्षा पूरा गरेका छन् । उनले बिरेन्द्र शिल्ड प्रतियोगितामा धेरै पटक सहभागिता जनाएका थिए । उनका समकालिन खेलाडीहरुमा म्याराथनका बुद्ध वीर लामा पनि एक हुन् । साथै इलाम बजारका फुटबलर मङ्गेश बस्नेत पनि हुन् । उनी हाल सुर्योदयको तिनघरे बजार भन्दा अलिक पर पुर्ण स्मारक आ. बि नजिकै आफ्नो छोरा बुहारीसङ्ग बसोबास गर्छन् । उनलाई पक्षघात भएको छ । उनी बिगत ६ वर्षदेखी यो रोगसङ्ग लडिरहेका छन् । यो रोगले उनको स्मरण शक्तिलाई पुरै असर पु¥याएको छ । उनी सबै बिगत भन्न सक्दैनन् । त्यसैले उनको यतिबेलाको अवस्था कोठाभित्र एउटा खाट र छानामुनिको संसार मात्रै छ । उनको बोलिमा प्रष्टता छ । तर अरुको सहारा बिना हिडडुल गर्न सक्दैनन् । उनले गाउँको लागि खेले स्कुलको लागि खेले अञ्चलको लागि खेले । तर उनलाई कसैले खोज्दैनन् । एक समयका महान खेलाडीलाई नत स्थानीय सरकारले नै खोज्यो नत उनको वार्डले नै खोजिग¥यो । जस्ताको छाना मुनीको आकाश हेरेर उनी बिगत सम्झदै तपतप आँसु झारेर बाच्न सम्म चाहिँ बाचेका छन् । उनलाई यतिबेला औषधि उपचारको लागि आवश्यकता छ । थेरापी गर्न आर्थिक आवश्यकता छ । तर युगले जन्माएका तर लोकले नचिनेका यी महान खेलाडीप्रती कसैको चासो छैन । जसरी कागती निचोरेपछि खोस्टा फालिन्छ उसरी नै फालिएका छन् राम कुमार राई । उनलाई भेट्न समकालीन खेल साथी सुभाष नेम्वाङ पनि बाटैको घरमा पनि निस्केनन् रे । सायद यो खबर सुहाङ नेम्वाङको कानसम्म पुगे आफ्ना बुवाका साथीलाई भेट्न निस्कन्छन कि ! युगले जन्माएका यी महान खेलाडीलाई नभेटे पनि र चासो नै नभए पनि यो लेख पढिसकेपछी एक पटक उनको स्वास्थ्य लाभको कामना चाहिँ गरिदिनु होला है एक युगका महान खेलाडीलाई केहि हदसम्म सहानुभूति हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार