Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

देउमाईका मदन ब्राउन सुगर सहित पक्राउ

देउमाईका मदन ब्राउन सुगर सहित पक्राउ

  • सन्देश सम्बाददाता
  • सोमबार, भाद्र २९ २०८३


देउमाईका मदन ब्राउन सुगर सहित पक्राउ

इलाम । इलामको देउमाई नगरपालिका–६ का मदन सुवेदी ब्राउन सुगर सहित पक्राउ परेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडबाट प्रहरीले २८ वर्षीय सुवेदी र सुनसरी धरान उपमहानगरपालिका–५ का २२ वर्षीय राज राईलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट ८ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। सुवेदी र राई सहित एकैदिन कोशी प्रदेशका सुनसरी, झापा र मोरङमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित नौ जनालाई पक्राउ गरेको छ। यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–७ बाट तेह्रथुम छथर गाउँपालिका–५ का ३० वर्षीय सञ्जिव दासलाई ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

हरिनगर गाउँपालिका–६ को भित्री सडकखण्डमा मोटरसाइकलको डिकीभित्र ६ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर फेला परेपछि प्रहरीले हरिनगर गाउँपालिका–५ सुकसैना निवासी ५५ वर्षीय श्रीनारायण मेहतालाई पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका–६ मेचीडाँडाबाट दमक नगरपालिका–७ का २७ वर्षीय रविन कटवाललाई ४ ग्राम ६१० मिलिग्राम र बिर्तामोड नगरपालिका–४ का २० वर्षीय सुमन कर्मकारलाई ५ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

त्यस्तै, मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट विराटनगर–१२ का ३२ वर्षीय राजन कामत र विराटनगर–३ का ३१ वर्षीय विशाल अधिकारीलाई ५ ग्राम ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोरङकै पथरीशनिश्चरे नगरपालिका–८ झोलुङ्गे पुलबाट कानेपोखरी गाउँपालिका–५ बोहोरागाउँका ३४ वर्षीय जीवन बोहोरालाई ३ ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार