Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

यसकारण प्रचण्ड यस युगका महान् योद्धा

यसकारण प्रचण्ड यस युगका महान् योद्धा

  • नगेन्द्रराज प्रसाई
  • बुधबार, भाद्र २१ २०७४


यसकारण प्रचण्ड यस युगका महान् योद्धा

म माओवादी होइनस तर मैले आफूलाई मन पर्ने बर्तमान राजनीतिज्ञको नाउँ लिनु पर्यो भने प्रचण्डका विकल्पमा अरू नाउँ नै पाउन सक्तिन । त्यतिमात्रले पनि पुग्दैनस नेपालका हालसम्मका तीन जना प्रधानमन्त्रीको नाउँ भन भनेर कसैले मलाई सोध्यो भने उत्तर दिन करै लाग्छस जनरल भीमसन थापा, जङ्गबहादुर राणा र क।पुष्पकमल दाहाल प्रचण्ड । यो बेहोरा वक्ता जजसको अनुहार निचोरिए पनि प्रचण्ड नेपाल राष्ट्रका आधुनिक राजनीतिका बादशाह हुन्स उनको जोडा अझै कैयौं वर्ष नेपालले पाउन गाह्रै छ ।

नेपालका हालसम्मका तीन जना प्रधानमन्त्रीको नाउँ भन भनेर कसैले मलाई सोध्यो भने उत्तर दिन करै लाग्छस जनरल भीमसन थापा, जङ्गबहादुर राणा र क।पुष्पकमल दाहाल प्रचण्ड ।
प्रचण्ड लाउरे बाउरे नेता पनि होइनन् । उनी सशक्त राजनेता हुन् । मै हुँ भन्ने राजनीतिज्ञहरूलाई पनि पानी पित्त छदाउन सक्ने उनी वीर योद्धा हुन् । लोभीपापीलाई चिची र पापा देखाएर, भिडन्तलाई पाखुरी देखाएर र शासकलाई पौरख देखाएर पाहा पछार्न सिपालु खेलाडीको नाउँ पनि प्रचण्ड नै हो ।

प्रचण्डले नेपाली काङ्ग्रेस र एमालेलाई १२ बुँदे सहमति गराएर आफ्नो राजनैतिक हैसियतलाई इतिहासमा स्वर्णिम बनाएको सर्वसत्य हो । अहिले आएर जजसले जेजे भने तापनि प्रचण्ड नभए नेपालमा गणतन्त्र आउँदैनथ्यो । हो, गणतन्त्रले नेपाल उस्केन र गणतन्त्रकै कारण नेपालीले हरदिन विचलित हुनु परेको छस यो बेग्लै प्रसङ्ग हो । साथै यसबारे पनि मेरो कलमले आफ्नो आत्मकथामा वृतान्त नै लेखिसकेकै छ ।

गणतन्त्र जसरी र जेगरी आए तापनि यो परिवर्तन प्रचण्डको शक्तिकै प्रतिबिम्ब हो । पहिलो चरणमा नेपालमा गणतन्त्र आयो र दोस्रो चरणमा काङ्ग्रेस र एमालेलाई माओवादीले “चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी”मा रूपान्तर गराई रहेको छ । त्यसैले म बराबर भन्दै आएको छु “एमाले र काङ्ग्रेस कर्कलाको पातको त्यो पानी हो जुन पानी बिहानीको सूर्यको किरणमा मोती झैं टलक्कै टल्किन्छ तर पात माओवादी  हल्लिने बित्तिकै त्यो मोतीको दाना भूइँमा खस्छ र तुरून्तै बिलाउँछ ।”

सम्बन्धित् समाचार प्रधानमन्त्रीले दिए निर्वाचन आयोगलाई धन्यवाद
नेपालमा गणतन्त्रको प्रवेशपछि “नामर्दकी स्वास्नी हुनुभन्दा मर्दकी कमारी हुन पाउँ” भनेर धेरैले प्रचण्ड माने । लुकेर कसैको जुठो पुरो खानुभन्दा हाकाहाकी प्रचण्डकै जुठो खान पनि मान्छेहरू लालायित भए । अनि झण्डा पनि रातै बोक्नु परे प्रचण्डले नै निर्माण गरेको झण्डा उठाउँदा गौरव मान्नेको ताँतीको पनि बढोत्तरी भैरह्यो ।

कुनै समय यस्तो पनि थियो जुन समयमा धेरैले प्रचण्डको रूप हेर्न चाहेका थिए । जब एकाएक झुल्के प्रचण्डस सबैले कर्तवलध्वनीले प्रचण्डको रूपरेखाको स्वागत गरे । उनलाई भेट्न नेपाली काङ्ग्रेसदेखि एमालेका ठेकदारसम्म तँ छाड कि मछाड भनेर कुद्न थाले । मानौं प्रचण्ड “श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति” नै थिए । त्यसैले आधुनिक चाणक्य प्रचण्डले त्यसै बखत सबै नेताहरूको पेट छामे ।

 

हिजो प्रचण्ड नहुँदा सास फेर्न नसक्ने काङ्ग्रेस र एमालेका लागि सदैव प्रचण्ड भालु नभएका पनि होइनन् । प्रचण्डको कान समाउँ कहिलेसम्म रु अनि प्रचण्डको कान छाडौं त्यही ठहरै हुने देशको गरिवीको खाल्डोभन्दा यिनीहरूकै भुँडी गहिरो रहेछ भनेर प्रचण्डले जब अडकल काटे तब यिनीहरूलाई मोजाको टोपी लगाउन उनी “हे वीर हिंड अघि सरी” भए । अन्ततस् उनी यस युगका मात्र होइनन् अबको सय वर्षपछिसम्म नेपालीले प्रत्यक्ष सम्झने महान् योद्धामा स्थापित भए ।
नेपाल किन कङ्गाल भएको छ भने काङ्ग्रेस र एमालेका कर्तुतबाटै नास भएको छ । २०४६ सालपछि सबै कलकारखाना, उद्योग व्यापार र वाणिज्यलाई निजीकरण गरेर व्यक्ति मौलाएकै घटना प्रचण्डले हेरिरहेका थिए । यी नेतामा राजनीति र जनप्रेम थिएन र अझै छैन पनि भन्ने बेहोरा प्रचण्डलाई थाहै थियो । देशको गरिवीको खाल्डोभन्दा यिनीहरूकै भुँडी गहिरो रहेछ भनेर प्रचण्डले जब अडकल काटे तब यिनीहरूलाई मोजाको टोपी लगाउन उनी “हे वीर हिंड अघि सरी” भए । अन्ततस् उनी यस युगका मात्र होइनन् अबको सय वर्षपछिसम्म नेपालीले प्रत्यक्ष सम्झने महान् योद्धामा स्थापित भए ।

सम्बन्धित् समाचार गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले गरको सम्बोधन
प्रचण्डले नेपालको सम्पूर्ण राजनीतिलाई ओथारो बसेर आफ्नै कब्जामा राखेका छन् । उनले चाहेपछि मात्र राजनीतिको पात हल्लिने परम्पराको श्रीगणेश भएको छ । उनको पैतालाको धुलोको टीका नलगाउनेहरू अराष्ट्रपति भएर नै बसेको पनि देखियो । प्रचण्डले बहुदलीय गणतन्त्रमा योग्य मान्छे राष्ट्रप्रमुख नभए पनि काम चल्छ र हावादारी नै सरकार प्रमुख भए पनि काम चल्छ भनेर पनि प्रमाणित गराई दिए । वास्तवमा जो सुकै झाम्रे झुम्रेले जस्तो सुकै सिंहाशन समाए पनि अन्ततस् रिमोट त प्रचण्डै बने । खुइलिएको मोबाइल भएर के भयो त सुपर सिमकार्ड भएपछि त कुरै सक्कि गयो नि, तसर्थ प्रचण्ड गणतन्त्रका सिमकार्ड हुन्स सिमकार्ड, शक्तिशाली सिमकाड .

गणतन्त्रपछिको नेपालका सरकार र प्रधानमन्त्री पनि हामीले चाखिसक्यौँ । जति तमाशा हेर्नु थियो त्यसभन्दा धेरै पनि हेरिसक्यौँ ।

प्रचण्डले बहुदलीय गणतन्त्रमा योग्य मान्छे राष्ट्रप्रमुख नभए पनि काम चल्छ र हावादारी नै सरकार प्रमुख भए पनि काम चल्छ भनेर पनि प्रमाणित गराई दिए ।
अबको नेपाललाई पनि यसरी नै प्रयोगको विषयवस्तु बनाउने कि तमासेको तमाशा देखाउने रु जनतालाई कति आजित बनाउने रु यस प्रश्नको उत्तर अब कमरेड प्रचण्ड सँगमात्र छ । अरू त थपना मात्र हुन्स जागिर खान कुरेका थपनाहरू ।

नेपालमा दिगो राजनैतिक व्यवस्थाका लागि कमरेड प्रचण्डले नै पहल गर्नुपर्छ । यो राष्ट्रको मुहार हँसाउने कि यसरी नै रूवाउने कमरेड । त्यसैले राष्ट्रवादी शक्तिसँग मिलेर देश बनाउन प्रचण्डले नै अघि सर्नुपर्छ । यदि होइन भने भोलि हामी नेपाली नहुन पनि सक्ने सम्भावनाले सङ्केत गरिसकेको छ ।

एभरेष्ट अनलाइन

प्रतिक्रिया
सम्बन्धित समाचार