नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाको पर्यटकिय क्षेत्र तुम्लिङमा प्याराग्लाइडिङ उडानको परिक्षण गरिएको छ ।

पर्यटकीय क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गर्न प्याराग्लाइडिङ उडानको परिक्षण गरिएको हो ।

पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ उडानको परिक्षण गरिएको र थप सर्भेको काम गरिने माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादूर राईले बताए ।
