इलाम । इलामको माईजोगमाई गाउँपालिका–५ (साविक सोयाङ–२) का युवा फुटबल खेलाडी प्रनिश राई नेपालको यू–१५ राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक २० खेलाडीको सूचीमा छनोट भएका छन्। उनी यू–१५ विश्वस्तरीय प्रतियोगिताका लागि एन्फाले सञ्चालन गरेको छनोट प्रक्रियाबाट प्रारम्भिक चरण पार गर्दै २० खेलाडीभित्र पर्न सफल भएका हुन् ।
प्रनिशले एन्फा एकेडेमी धरानमा आवद्ध छन् । २ बर्ष अघि यु–१३ छनौटमा पर्दै उनी एन्फा एकेडेमीमा आवद्ध भएका थिए । प्रनिशका बुबा प्रविन राई पनि खेलकुद क्षेत्रमै सक्रिय छन् । माईजोगमाई खेलकुद परिषदक पुवै अध्यक्ष उनी हाल ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा खेल प्रशिक्षकका रूपमा कार्यरत छन् ।
अब प्रारम्भिक २० बाट अन्तिम १४ टोलीको छनौट हुनेछ । फिफाको ब्युरो अफ काउन्सिलको मिटिङले २५ जुनमा अजरवैजानमा २२ देखि ३२ अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि फिफाको २११ वटै सदस्य राष्ट्रलाई आमन्त्रण गरेको र सबैले सहभागिता जनाउने पाउने प्रावधान अनुसार नेपालले पनि सहभागिताको अवसर पाएको हो ।