Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

देशबिदेशका राजनीति विचार-विमर्श

देशबिदेशका राजनीति विचार-विमर्श

  • गोविन्द फियाक लिम्बु
  • सोमबार, भाद्र १० २०८१


देशबिदेशका राजनीति विचार-विमर्श

नेपालको राजनीतिक दलको अध्यक्षमा जनजातिबाट पहिलो पटक राजेन्द्र लिङदेन निर्वाचित भए भनेर राजनीतिमा लागेका नेता कार्यकर्ताहरुले लेख्ने र भन्ने गर्छने । नेताहरुमा पठन संस्कृति र अध्ययनका कमि भएको हुँदा यो तथ्यसंग मेरो विल्कुल असहमती छ । २०१५ सालको आम निर्वाचनमा ९ सिट जितेको गोर्खा परिषदका पार्टी अध्यक्ष रणधिर लिम्बु जनजाति समुदायबाट पार्टी नेतृत्वमा पुग्ने पहिलो व्यक्तित्व हुन् । २०१५ को निर्वाचनमा नेपाली कांग्रेसका बिपी कोइराला बाहेक अरु पार्टीका सबै पार्टी प्रमुखहरु चुनाव हारेका थिए । गोर्खा परिषदका रणधिर सुब्बा, कम्युनिष्टका केशरजङ्ग रायमाझी र् प्रजापरिषदका टङक प्रसाद आचार्य सबै चुनाव हारे ।

एकपटक एउटा पदमा आसिन भइसकेका व्यक्तिले भविष्यमा त्यो भन्दा तल्लो ओहोदामा कुनै पनि हालतमा बस्न हुँदैन भन्ने कमजोर मानसिकता सायदै नेपालीमा मात्र पो छ की ? प्रधानमन्त्री भइसकेका इजरायलका प्रधानमन्त्री बेञ्जमिन नेतान्यूले पछिबाट अर्थमन्त्री र विदेशमन्त्री भएका थिए । रुसका राष्ट्रपति भ्यालिमिदिर पुटिन पनि राष्ट्रपति भइसकेपछि प्रधानमन्त्री भएका थिए । क्याम्बोडियाका राजा नोरोदोम सिंहानुकले गद्दी त्यागेर चुनावमा भाग लिइ अत्यधिक बहुमत ल्याएर कार्यकारी प्रधानमन्त्री भएका थिए ।

स्नातक पास नगरेका र ५५ बर्ष कटेकाहरुले भुटानको संसद को चुनावमा उठ्न पाउँदैनन् । मलेसियामा ९ वटा राज्यका ९ जना राजाबाट प्रत्येक ५ वर्षमा राजाको चुनाव हुन्छ । मलेशीयामा जातिगत पार्टीहरु मले पार्टी ( United Malay’s National Organization ), चिनियाहरुको पार्टी (Malaysian Chinese Association ) र इन्डियनहरुको पार्टी (Malaysian Indian Congress ) गठनबन्धनले मलेसियामा लगातार जसो सरकार गठन गरेर शासन चलाइरहेका छन् । लेबनानमा क्रिस्चियन र मुश्लिम पालैपालो प्रधानमन्त्री हुने कुरा संबिधानले नै निर्दिष्ट गरेको छ । सिंगापुरमा त्यहाँका आदिबासी मलायुहरुलाई प्रत्येक १५ वर्षमा एक कार्यकाल राष्ट्रपति हुनै पर्ने संविधानले सुनिश्चितता गरेको छ । लगातार २ कार्यकाल सम्ममा पनि त्यहाँका आदिबासी मलायुहरु राष्ट्रपतिमा निर्वाचित हुन सकेनन भने तेस्रो पटककोे निर्वाचनमा मलायु बाहेक अरु जातिहरु उमेदवार नै हुन पाउँदैनन् ।
महान नेताहरुको पत्तनको कारण श्रीमती
फिलिपिन्सका पूर्व राष्ट्रपति फर्डिनण्ड मार्कोस कानूनका बिद्यार्थी थिए र बिद्यार्थीकाल मै एउटा राजनीतिक मुद्दामा जेल परेका थिए त्यसैले कानून बिषयको अन्तिम परिक्षा जेलबाटै दिए । परिक्षाफल प्रकाशित हुँदा फिलिपिन्स भर तरंग फैलियो कारण उसले कानूनका सबै बिषयहरुमा ९८ देखि १ सय अंक ल्याएर उर्तिण गरेका थिए । जेलमा परिक्षा निरीक्षकसँगको मिलेमतोमा किताब नै राखेर मार्कोसले चोरी गरे भन्ने उजुरी परिक्षा बोर्डमा पर्यो । बोर्डले पनि त्यही कुरामा विश्वास गरेर मार्कोसको नतिजालाई रद्द गरिदियो तर मार्कोसले आफूले लेखेका कुराहरुलाई पुष्टि गर्न मौखिक परिक्षा लिइयोस भनेर अदालतमा रिट हाले । अदालतबाट मार्कोसको पक्षमा निर्णयपछि मौखिक परिक्षा लिइएको थियो । कानुन बिषयको हरेक प्रश्नमा उनले शतप्रतिशत सहि जवाफ दिए । उनको उत्तरबाट परिक्षकहरु नै अचम्ममा परेर प्रमाणपत्रले मान्यता पाउन सफल रहयो ।

सन १९६५ को राष्ट्रपतिको निर्वाचनमा मार्कोस बिजयी भए । १९६९ मा दोस्रो पटक पनि मार्कोस बिजयी भए । मार्कोस आफैमा एउटा प्रजातान्त्रिक योद्दा र स्वछ छविका थिए तर हरेक कुराहरुमा मार्कोसकी श्रीमती इमेल्डाको हैकम चल्ने गर्दथ्यो । नाताबाद, कृपयाबाद, फरियाबाद र भ्रस्टाचार द्रुत गतिमा बढिरहेको थियो । राष्ट्रपति पत्नी इमेल्डा यति भ्रष्ट र विलासी थिइनकी देसको अर्थतन्त्र नै उनको कब्जामा थियो । सपिङ गर्नका लागि नीजि विमानमा युरोप र अमेरिका उनको रोजाई थियो । फिलिपिन्समा २ कार्यकाल भन्दा बढि राष्ट्रपति हुन नपाइने प्रावधान थियो । त्यसैले दोस्रो कार्यकाल अन्त हुन लाग्दा सन १९७२ मा आफ्नो श्रीमतीको करकापमा मार्कोसले मार्शल ल लाएर एकक्षत्र शासन गर्न थाले ।

हजारौं बिरोधीहरुको हत्या भयो । प्रमुख प्रतिपक्षी नेता बेनिग्नो अकुइनो निर्वासनबाट फर्किंदै गर्दा मनिलाको विमानस्थल मै उसको हत्या गरियो । जसले जनबिद्रोहलाई झन ससक्त बनायो । मार्कोसलाई अझ पनि ब्यापक जनसमर्थन छ भन्ने कुरा संसारलाई देखाउनको लागि सन १९८६ मा राष्ट्रपती निर्वाचनको नाटक मन्चन गरियो र बिरोधी खेमाबाट हत्या गरिएका नेताको श्रीमती कोरजोन अकुइनोले उमेदवारी दिइन ।

चुनावमा शक्ति प्रयोग गरि ब्यापक धाँधली गरिएको थियो । अत्याधिक मतले मार्कोस बिजयी भएको घोषणा गरियो । चुनावी परिणामको घोषणा हुने बितिकै त्यहाँ ठूलो जन बिद्रोह भयो । जन बिद्रोह दबाउन सेनाका दोस्रो वरियातामा रहेका लेफटिनेन्ट जनरल इनरिकको नेतृत्वमा पुरै सेना परिचालन गरियो तर सेनाको कमाण्ड गर्ने जर्णेल नै बिद्रोहीहरु सँग मिल्न पुगे र क्षणभरमै सत्ता पल्टियो ।

मार्कोस सपरिवार अमेरिकाको हवाईमा भागे । सन १९८९ मा मार्कोसको मृत्यु अमेरिकामा भयो । पूर्व राष्ट्रपति आफ्नो लोग्नेको अन्तिम संस्कार आफ्नै देशमा गर्न पाउँ भनि भ्रष्ट इमेल्डाले अपिल गरिन तर मार्कोसको लासलाई फिलिपिन्स ल्याउन दिइएन् । आफ्नो बुढीले मति बिगारेका यी पूर्व राष्ट्रपतिले आफ्नो चिहानको लागी आफ्नो देशमा छ फिट जमिन सम्म पाएनन् ।

फाकफोकथुम–५ लुम्दे हाल काठमाण्डौ

प्रतिक्रिया
सम्बन्धित समाचार