Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

प्रदेश र स्थानीय तहको मानमर्दन गर्ने बजेट

प्रदेश र स्थानीय तहको मानमर्दन गर्ने बजेट

  • खिमलाल देवकोटा
  • शनिबार, जेष्ठ २२ २०७८


प्रदेश र स्थानीय तहको मानमर्दन गर्ने बजेट

संविधानले नेपाली जनतालाई सार्वभौम बनाएको छ। संविधानको प्रस्तावनाको पहिलो अनुच्छेदमा भनिएको छ( हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनताः
संसद भनेको सावैभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधिमूलक शक्तिशाली निकाय हो। संसदले सरकार बनाउछ। सरकार संसदप्रति उत्तरदायी हुनुर्दछ धारा ७६९१०००। संसदले प्रधानमंत्री दिन सक्ने अवस्था रहँदा रहँदै पनि दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेर सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको भावनामा चोट पुर्‍याउने काम भएको छ।

लोकतान्त्रिक संसदीय मूल्य र मान्यता र संविधानको प्रस्तावनाको भावना विपरित संसदबाट दुई–दुई पटक विश्वाशको मत गुमाएको, संसदको वैद्यता नरहेको अवस्थामा दीर्घकालिन रुपमा असर पर्ने गरी अध्यादेश मार्फत जसरी सरकारले वजेट ल्याएको छ। यो संविधानको आशय प्रतिकूल छ। चुनावी सरकारले ल्याउने वजेटको सामान्य सिद्धान्तको पालना पनि गरिएको छैन। फेरि प्रतिनिधि सभा विघटन सम्वन्धि मुद्धा सम्मानित सर्वोच्च अदालतमा विचराधीन पनि छ। प्रतिनिधि सभा विघटन सदर नै भएपनि चुनाव पश्चात ६ महिनाभित्र अर्को सरकार बन्छ। अनि अर्को सरकारको चुनावी प्रतिवद्धतालाई असर पर्ने गरी दीर्घकालिन रुपमा प्रभाव पार्ने वजेट ल्याउन मिल्छ रु फेरि प्रतिनिधि सभा पुर्नस्थापना हुने संभावना पनि त्यत्तिकै जिवित छ।

पुनर्स्थाथापना भएमा वजेटको हालत के होला रु यस्ता पक्षहरुको सामन्य हेक्का पनि राखिएको छैन।

संसदमा वैद्यता गुमाएको सरकारले करका दरहरु लगायतमा परिवर्तन गर्न पनि पाँउदैन। अहिले ढुँङ्गा, गिटी, बालुवाको निकासी लगायतका सम्वन्धमा ठूलो विवाद सिर्जना भएको छ। चुरेलाई विनाश र तराईलाई मरुभूमिकरणमा टेवा पुग्ने खालको निर्णयबाट चुनावी सरकार आफ्नो सिमा भन्दा वाहिर गएको छ। चुनावी सरकारले त झन यस्तो विवादस्पद निर्णय गर्न नै हुदैनरपाँउदैन।

कर राजश्व सम्वन्धि सामन्य सिद्धान्त पनि छ। नो ट्याक्सेसन विदाउट रिप्रिजेन्टेसन अर्थात कर संकलन र कर नीति परिवर्तन लगायतको काम जनताबाट निर्वाचित जनप्रतिनिधिले मात्र गर्न पाँउछन। संविधान, कानून, विधी, संसदीय मूल्य र मान्यता आदिका दृष्टिले हेर्ने हो भने काम चलाउ सरकारले पेश गरेको वजेटले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अपमान गरेको छ।

यो पहिलो दृष्टिमा नै भत्सर्नायोग्य छ।

एकछिन प्रतिनिधि सभा विघटन, संसदमा विश्वाशरअविश्वाश, आदि सवै विषयहरु थाती राखौ। मानौ यो नियमित र संसदमा वैद्यता प्राप्त गरेको सरकारले पेश गरेको वजेट हो। यस्तो स्थितीमा प्रदेश र स्थानीय तहको नजरले वजेटको सामन्य विवेचना गरौं।
संविधानले तीन तहका सरकारको अधिकार र कार्यजिम्मेवारी वाँडफाँड गरेको छ। संविधान अनुसार संघीय सरकारले राष्ट्रिय स्तर, प्रदेश सरकारले प्रदेश स्तर र स्थानीय तहले स्थानीय स्तरका कार्यक्रम तथा आयोजनाहरु सच्चालन गर्ने हो। नेपाल सरकार मन्त्रिपरिषदको ५ वर्ष अगाडि स्वीकृत ‘नेपालको संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको कार्य विस्तृतीकरण ’सम्बन्धी प्रतिवेदनले पनि यसलाई आत्मसाथ गरेको छ।

यही प्रतिवेदनलाई आधार मानेर तीन वर्ष अगाडि ओली सरकारको मन्त्रिपरिषदको निर्णयले ‘संघ, प्रदेश र स्थानीय तहको कार्यजिम्मेवारीमा पर्ने विकास कार्यक्रम तथा आयोजनाहरुको वर्गिकरण तथा वाडफाँट सम्वन्धि मापदण्ड, २०७६’ प्रकाशमा ल्याएको छ। यस मापदण्डमा विकास कार्यक्रम तथा आयोजनाहरुको वर्गिकरणका लागि दुई वटा आधार ९समष्टिगत र क्षेत्रगत ० प्रस्तुत छ।

समष्टिगत आधारमा ठूलारराष्ट्रिय स्तरका कार्यक्रम तथा आयोजनाहरु संघले संचालन गर्ने, प्रदेश स्तरका प्रदेश र स्थानीय स्तरका स्थानीय तहले सच्चालन गर्ने भन्ने छ। जस्तो समष्टिगत आधारको बुँदा नं १४ मा भनिएको छ। एक भन्दा बढी प्रदेशमा सञ्चालन हुने कार्यक्रम तथा आयोजना संघले र एक भन्दा बढी स्थानीय तहमा सञ्चालन हुने कार्यक्रम तथा आयोजना सम्बन्धित प्रदेशले कार्यान्वयन गर्ने । यसै गरी बुँदा नं १६ मा संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने आयोजना र कार्यक्रममा दोहोरोपन नआउने गरी बजेट तथा कार्यक्रम प्रस्ताव गर्ने भन्ने छ।

यस मापदण्डलाई मात्र पनि आधार मान्ने हो भने अहिले सरकारले ल्याएको वजेट विल्कुल अधिकार क्षेत्र भन्दा वाहिर छ। प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रलाई मानमर्दन गर्ने खालको छ। संघीयता अनुकूल नदेखिएका विकास समिति र प्रतिष्ठान लगायतहरु खारेज गरिएको छैन। प्रदेश र स्थानीय तहको कार्यक्षेत्रको प्रतिकूल हुने गरी संघमा समानान्तर रुपमा परियोजनाहरु सच्चालन गरिएको छ। विकास कार्यक्रम तथा आयोजनाहरुको वर्गिकरण तथा वाडफाँटका केही समष्टिगत आधार देहाय अनुसार छन्।

_ समान प्रकृतिका विकास कार्यक्रमहरुलाई गाभी संविधान बमोजिम जुत तहले सञ्चालन गर्नुपर्ने हो सोही तहमा हस्तान्तरण गर्ने।
_ संघले संघीय संरचना अनकूल नदेखिएका विकास समिति, परिषद्, बोर्ड, कोष, प्रतिष्ठान, प्राधिकरण, केन्द्र र आयोगहरु खारेज गर्ने।
_ एक भन्दा बढी प्रदेशमा सञ्चालन हुने कार्यक्रम तथा आयोजना संघले र एक भन्दा बढी स्थानीय तहमा सञ्चालन हुने कार्यक्रम तथा आयोजना सम्बन्धित प्रदेशले कार्यान्वयन गर्ने।
_ संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने आयोजना र कार्यक्रममा दोहोरोपन नआउने गरी बजेट तथा कार्यक्रम प्रस्ताव गर्ने।
_ संस्थागत संरचना प्रदेश वा स्थानीय तहमा गइसकेको तर विगतमा संघको कार्यक्षेत्रमा राखिएका कार्यक्रमरआयोजना सम्बन्धित प्रदेश एवम् स्थानीय तहमा हस्तान्तरण गर्ने।
_ संघ र प्रदेश, प्रदेश र स्थानीय तह तथा प्रदेश र स्थानीय तहको साझा अधिकारसूचीमा रहेका विषयसँग सम्बन्धित बृहत् लगानी र अन्तर प्रदेश प्रभावित आयोजना संघले गर्ने, अन्तर स्थानीय तह प्रभावित आयोजना प्रदेशले गर्ने र अन्य स्थानीय तहमा हस्तान्तरण गर्ने।

ओली सरकारको क्याविनेटबाट स्वीकृत यी मापदण्डलाई नै आधार मान्ने हो भने संघीय सरकारले अन्तरप्रादेशिक बाहेक अन्य विकास कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन नगर्ने भन्ने छ। बजेटलाई शशर्ती हेर्ने हो भने आँफैले स्वीकृत गरेको मापदण्डलाई सरकारले पुरै वेवास्ता गरेको छ। वास्तमा, यो वजेटले पुरै स्थानीय तह र प्रदेशको अधिकार क्षेत्रलाई हस्तक्षेप गरेको छ।

बुँदागत रुपमा वजेटका केही प्रावधानहरुका संक्षिप्त चर्चा देहाय अनुसार छ।

१ पहुँचका आधारमा विकास कार्यक्रम तथा योजनाहरुको वाँडफाँड 
नेपाल सरकारले संकलन गरेको राजश्व संघ, प्रदेश र स्थानीय तहका बीच न्यायोचित रुपमा वितरण गर्नुपर्ने व्यवस्था संविधानमा छ। न्यायोचित बाँडफाँड भनेको अनुदान र योजनाहरुलाई औचित्य तथा आवश्यकताका आधारमा सन्तुलित रुपमा विनियोजन गर्नुपनि हो। सरकारका तहहरुबीच र उपराष्ट्रिय सरकारहरुका बीच ९स्थानीयरस्थानीय र प्रदेशरप्रदेश ० पनि सन्तुलित गर्ने भन्ने पनि हो।
अनुदानलाई सन्तुलित गर्ने दायित्व वित्तीय आयोगको हो। तर आयोगको कार्यक्षेत्रभन्दा वाहिर ठूलो रकम तजविजका आधारमा वाँडफाँड गर्ने गरिएको छ। जस्तो कुल वजेट १६ खर्व ४७ अर्वमा ५ खर्व मात्रै प्रदेश र स्थानीय तहमा वाँडफाँड गरिएको छ। रु ५ खर्वको आधा वित्तीय हस्तान्तरणमा मात्र आयोगको भूमिका छ। अन्य अनुदानको वाँडफाँड व्यवहारिक छैन। सन्तुलित छैन। निश्चयपनि विकास कार्यक्रम र योजनाहरुको बाँडफाँडमा आर्थिक, सामाजिक, पूर्वाधार विकास र मानव विकास सूचकाँकमा पछाडि परेका र पारिएको क्षेत्रहरुहरुमा वढी हुनुपर्दथ्योरपर्दछ। तर वजेटको वितरण हेर्दा त्यस्तो देखिदैन। प्रधानमंत्री, अर्थमंत्री र केही पँहुचवाला नेताहरुको निर्वाचन क्षेत्रमा विकास कार्यक्रम र योजनाहरुको ठूलो चाँङ्ग नै छ। यस्तो हुनु दूर्भाग्यपूर्ण र संविधानको आर्थिक नीतिमा उल्लेखित भावनाको प्रतिकूल पनि हो।

२ संघीयताको भावना विपरित स–साना र टुक्रे कार्यक्रम तथा योजनाहरुमा जोड 
संघीय सरकारले वजेट ल्याँउदा सामाजिक आर्थिक रुपान्तरणमा सहयोग पुग्ने रणनैतिक महत्वका ठूला–ठूला परियोजना र कार्यक्रम ल्याउने हो। मध्यमस्तर र साना योजना तथा कार्यक्रम प्रदेश र स्थानीय तहले ल्याँउछन। ल्याएका पनि छन। तर बजेटको अधिकाँश हिस्सा स–साना र टुक्रे योजनाहरुमा नै केन्द्रित छ। स्थानीय र प्रदेशका कार्यक्रम र योजनाहरुमा दोहोरोपना हुने गरी बजेट ल्याईएको छ। वजेट तर्जुमा गर्दा प्रदेश र स्थानीय तहसँग घनीभूत रुपमा छलफल गरिनुपर्दथ्यो। उनीहरुले अपनत्व लिने गरी विकास कार्यक्रम र योजनाहरु ल्याउनुपर्दथ्यो। सहभागितामूलक योजना तर्जुमा गर्ने पद्धतिलाई अंगिकार गर्नुपर्दथ्यो।

३ विवादस्पद कार्यक्रमहरुको निरन्तरता 
संघीय सरकारले नयाँ कार्यक्रमहरु सृजना गर्नु वा विवादस्पद कार्यक्रमहरुको निरन्तरता गर्नु भनेको प्रदेश र स्थानीय तहलाई अवमूल्यन गर्नु हो। यदि यी कार्यक्रमहरु हुदैनथे भने प्रदेश र स्थानीय तहमा जाने अनुदानको हिस्सा धेरै हुनेथियो। जस्तो प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना, प्रधानमंत्री रोजगार कार्यक्रम उपराष्ट्रिय सरकारलाई हस्तान्तरण गर्नुपर्ने सुझाव सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको छ। यति मात्र हैन केही वर्षदेखि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम राखेर मनलाग्दी किसिमले योजनाहरु वाँडने पनि गरिएको छ। यस कार्यक्रममा रु १० अर्व वजेट छ। विवादस्पद प्रधानमंत्री रोजगार कार्यक्रममा रु १२ अर्व छ। यसले रोजगारी सृजना गर्नुभन्दा पनि झारपात उखेल्न जस्ता काममा केन्द्रित रहयो भनेर समचार नआएको हैन। यस्ता कार्यक्रमहरुलाई प्रदेश र स्थानीय तहमा नै हस्तान्तरण गरिनुपर्दथ्यो।

४ कामलाई अनुदानरवजेटले पछ्याएन :
सरकारका विभिन्न निकायहरुले गरेका अध्ययन अनुसार साविक एकात्मक व्यवस्थाका ६० प्रतिशत भन्दा वढी कार्यजिम्मेवारीहरु प्रदेश र स्थानीय तहमा गएका छन। तर राजश्व अधिकार केन्द्रिकृत छ। कार्यजिम्मेवारी र राजश्व अधिकार बीचको ग्यापलाई वित्तीय हस्तान्तरणले पुरा गर्ने भन्ने संविधानको आशय पनि हो। तर कुल वजेटको एक तिहाई पनि वित्तीय हस्तान्तरण गरिएको छैन। राजश्व वाँडफाँट सहित ९ मूल्य अभिवृद्धि कर र अन्तशूल्कको वाँडफाँट ० प्रदेश र स्थानीय तहले रु ५ खर्व १३ अर्व वित्तीय हस्तान्तरण प्राप्त गर्ने गरी वजेट ल्याईएको छ। जुन कुल बजेटको ३१ प्रतिशत मात्र हो। कार्यजिम्मेवारीलाई अनुदानरवजेटले पछ्याउनुपर्ने सामन्य सिद्धान्तको पनि पालना गरिएको छैन। चालु आ।व। ०७७र७८ मा प्रदेश र स्थानीय तहले करिव ३३ प्रतिशत वित्तीय हस्तान्तरण प्राप्त गरेका थिए। वित्तीय हस्तान्तरणको परिणाम वढनुपर्नेमा घटनु दूभाग्र्यपूर्ण पनि हो।

५ वित्तीय समानीकरण अनुदानमा न्यूनता 
संविधानत प्रदेश र स्थानीय तहले चारवटा अनुदान ९ वित्तीय समानीकरण, शशर्त, विशेष र समपुरक ० प्राप्त गर्ने व्यवस्था छ। यी चारवटा अनुदानमा प्रदेश र स्थानीय तहले आफनो प्राथामिकताका आधारमा स्वायक्त रुपले प्रयोग गर्न सक्ने अनुदान भनेको वित्तीय समानीकरण हो। यो निशर्त अनुदान पनि हो। अनुदान वाँडफाँडको नेपालको विगतको अनुभव, अन्तराष्ट्रिय अभ्यास र हाम्रो आफनै संवैधानिक र कानूनी मान्यता अनुसार यो अनुदान क्रमश वढदै जान्छरजानुपर्दछ। तर विडम्वना आ।व। ०७७र७८ को तुलनामा आ।व। ०७८र७९ का लागि विनियोजित वित्तीय समानीकरण अनुदानको अनुपात कम छ। आ।व। ०७७र७८ मा प्रदेशको वित्तीय समानीकरण अनुदानको अनुपात कुल वजेटको ३।७४ प्रतिशत छ। तर आ।व। ०७८र७९ मा यो अनुपात ३।५२ प्रतिशत मात्र हुने गरी विनियोजन गरिएको छ। यसै गरी स्थानीय तहको चालु आ।व।को ६।१४ प्रतिशतको तुलनामा आ।व। ०७८र७९ का लागि जम्मा ५।७४ प्रतिशत मात्र छ। समग्रमा प्रदेश र स्थानीय तहको वित्तीय समानीकरण अनुदानको अनुपात आ।व। ०७७र७८ मा करिव १० प्रतिशत रहेकोमा आ।व। ०७८र७९ का लागि ९।२६ प्रतिशत मात्र छ। आ।व। ०७६र७७ मा यो अनुपात ९।४८ प्रतिशत थियो। अगिल्ला दुई आ।व।को तुलनामा वित्तीय समानीकरण अनुदान वितरणको अनुपात घटेको छ। प्रदेश र स्थानीय तहका लागि यो निराशाजनक हो। यो अनुदान वढाउनुको सट्टा कम गर्नु प्रदेश र स्थानीय तहको मानमर्दन हो। अनुदान वाँडफाँडको सामन्य सिद्धान्तको प्रतिकूल हो।

६ स्थानीय तहलाई शशर्त अनुदानको भारी वोकाईयो 
संघीय सरकारले आफनो तजविजका आधारमा कार्यक्रम तथा आयोजनाहरु सच्चालन गर्ने गरी स्थानीय तहमा शशर्त अनुदानबाट सच्चालित कार्यक्रम तथा आयोजनाहरुको ठूलो भारी बोकाएको छ। यसले गर्दा स्थानीय तहले आफना प्राथामिकताका विकास कार्यक्रम तथा आयोजनाहरु भन्दा पनि संघीय सरकारका तजविजका आयोजना सच्चालन गर्नमा नै वढी समय खर्चनुपर्ने स्थिती छ। आ।व। ०७६र७७ मा स्थानीय तहले रु १ खर्व २४ अर्व शशर्त अनुदान प्राप्त गरेकोमा आ।व। ०७७र७८ मा यो अनुदान वढेर रु १ खर्व ६१ अर्व पुगेको थियो। आ।व। ०७८र७९ का लागि यो अनुदान रु १ खर्व ७३ अर्व छ। स्थानीय तहमा अहिले पनि ठूलो मात्रामा कर्मचारीको समस्या छ। कैयौ वडाहरुमा वडासचिव समेत छैनन। प्राविधिक जनशक्तिको त्यत्तिकै समस्या छ। स्थानीय तहलाई आवश्यक न्यूनतम पूर्वाधार ९ कर्मचारी, कानून, कार्यालय भवन, आदि ० पुर्‍याउनमा गंभिरतापूर्वक ध्यान दिनु त कता हो कता उल्टै औचित्य तथा आवश्यकता भन्दा पनि जवरजस्त रुपमा शशर्त अनुदान थुपारिएको छ। यसले संविधानप्रदत स्थानीय तहको स्वायक्त अधिकारको हनन गरेको छ। अवमूल्यन गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार