पछिल्लो समय सिर्जनात्मक हिसाबले निकै चर्चा ,परिचर्चा बटुलिरहेको लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको व्यङ्गात्मक गीतको बिषयलाई लिएर नेपाली समाज करिब करिब दुई कित्तामा बाडियो । थरि थरिका बिचार हरु प्रकट भए । ब्यङगबिनोदले भरिपूर्ण यस गीतमा नेपाली राजनीतिक शक्ति र सत्ता पक्षीय परिदृश्यमा देखिएका बिकृति बिसङति लाई उजागर गरेको छ । यद्यपि यसको शब्द छनौट आदि बारे सर्जक हरु बीच मत्यैक्ता भने पाईएको छैन, जे होस ब्याप्त बेथिती ले आजित बनेका नेपाली लाई आहतमा राहत मिलेको छ उपर्युक्त सिर्जनाले । यस टिप्पणीमा हामी गीतका बारेमा नभई सिर्जनामा यथार्थको उठान गर्ने वा त्यसाई प्रतिविम्बित गर्ने वारे संक्षिप्त चर्चा गर्ने छौ । २०४६साल यता पनि सत्ता र शक्ति को बलमा नेपाली समाज धेरै पटक लुटिएकै हो पञ्चायत कालिन नेपाली समाजको झन कुरा नगरौ ।
आफ््नो सिर्जनामा मार्फत शासकको प्रसस्ती मात्रै गाईन्छ वा देश र जनताले भोगिरहेका दुख, कष्ट पीर र व्यथा माथि आँखा चिम्लिन्छन भने त्यो सर्जक लाई के भन्ने ? आज जे भैरहेको छ ठालु भनिने हरुले जे गरिरहेका छन् त्यसलाई नदेखेर फोस्रा भावनाका कुराले मात्रै एउटा सजिव र जीवन्त सिर्जना बन्दैन । हरेक सर्जक सँग समाजको यथार्थ लाई ऐना जस्तै छर्लङ्ग पार्न सक्ने खुबी हुन जरुरी छ ।
संगीत ,कला र साहित्य अर्थात् कुनै पनि सिर्जनशील्प कला हरु केवल दिमागी खेल मात्रै कदापि होइनन र हुन पनि सक्दैनन् । कुनै पनि सिर्जनामा समाजको सजिव चित्र उतारिएको हुनुपर्छ सजिव यथार्थ लाई कलाको माध्यम बाट परिस्कृत गरिएको हुनु पर्छ । हाम्रा लेखक ,कवि कलाकारहरु आपसमा मिल्न नसकेर पार्टी पिच्छे फरक फरक संघ बनाएर बसेका छन । प्रगतिशील लेखक संघ र नेपाली लेखक संघकै कुरा गर्ने हो भने एउटा वामपन्थी लेखकहरुको र अर्को नेपाली कांग्रेस निकट लेखक÷कवि लेखकहरुको मानिन्छ । माथिका संघ संगठनमा आवद्ध श्रष्ठा हरु आ–आफ्नाे आस्थागत नैतिकता कै धरातल मा उभिएर सिर्जना हरु पस्किन्छन ।
आजका कतिपय प्रगतिशील भनिने श्रष्ठा हरु उजागर गर्नु पर्ने सत्यता लाई नदेखि उल्टै त्यसलाई ढाकछोप गर्ने खालका सिर्जनामा तल्लीन देखिन्छ । यसले प्रगतिशील कला,साहित्य तथा समग्र सिर्जनात्मक पाटोलाई हेर्ने दृष्टिकोण लाई बदली गरिदिएको जस्तो अनुभूति गर्न थालिएको छ । नेपाली समाजमा बिद्यमान, बिकृति, बिसङगति, कुर्सीका लागि हानथाप, पजेरो प्राडो संस्कृति, बढ्दाे भ्रष्टाचार, घुसखोरीतन्त्र दिनदिनै आउने बलात्कारका समाचार आदिले नेपाली समाज कता जादैछ भन्ने दर्शाउछ । नेपाली जनताले ठूलो त्याग र बलिदानले आजको परिवर्तन ल्याए पनि सारमा नयाँ बोतलमा पुरानो रक्सी भन्दा अर्को अनुभूति गर्न पाएका छैनन । आफुले जिताएर पठाएकाहरुको आफ्नै ताल छ राजनीति सेवा नभएर पेसा ब्यावसाय बनेको छ । बर्गिय खाडल कायमै छ अबका सर्जकले यी कुराहरुलाई कसरी उजागर गर्ने ? यसबारे हामीले गम्भीरता पूर्वक सोच्नु पर्ने देखिन्छ । साहित्यकार पारिजात ले देखेको कुरा लेख्न नसक्ने हरु प्रगतिशील हुन सक्दैन भनेकी छन ।
यतिबेला देशमा वामपन्थी तथा प्रगतिशील भनिने राजनीतिक दलको भारी बहुमतको सरकार छ तर जनताको चाहना त्यहा प्रतिविम्बित हुन सकेको छैन पुरानै संरचनाको गुञ्जास पाईन्छ हरेकमा । प्रगतिशील खेमाका सर्जकहरुले यस्ता तथ्यहरुलाई आफ्ना सिर्जनामा समेट्न जरुरी छ । कुनै पनि सर्जक के कति प्रगतिशील छ भन्ने मापन उ स्वयं होइन उसले सिर्जेका सिर्जना र उसले अगाल्ने दृष्टिकोण नै हो भन्नेमा सायद दुई मत छैन । हामीले आफुलाइ प्रगतिशील खेमाका हौ भन्न रुचाउने हो भने बिचार र ब्यावहारमा एकरुपता ल्याउन कति पनि ढिलाइ गर्न हुदैन । फेरि आफ्नाे सिर्जनामा समाजमा जे भईरहेको छ आम जनताको भावना के कस्तो छ त्यसलाई सुन्दर तरिकाले अभिब्यक्त गर्ने कलामा पनि प्रगतिशील श्रष्ठाको ध्यान जानू उतिकै जरुरी छ ।