Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जिह्रवाग्रे वसते ब्रह्मरूपा सरस्वती

जिह्रवाग्रे वसते ब्रह्मरूपा सरस्वती

  • नमीन ढकाल
  • सोमबार, माघ ८ २०७४


जिह्रवाग्रे वसते ब्रह्मरूपा सरस्वती

इलाम । आज विद्याथी बर्गहरुको लागी महान पर्व सरस्वती पुजा हो । यस दिन विद्याकी देवी सस्वतीको पुजा अर्चान गर्ने गरिन्छ । नेपाल तथा भारतका केही भु भागमा यो पर्व होर्सोल्लासका साथ मनाउने गरिन्छ । खास गरी विद्यार्थी बर्गहरुले सरस्वती माताले विद्या प्रदान गरुन भन्ने कामनाका साथ पुजा अर्चना गर्ने गर्दछन । आजबाट शरद ऋतुको समाप्तीबाट बसन्त ऋतु प्रारम्भको दिनको रुपमा मानिन्छ । बसन्तको आगमनको दिन भएको बसन्त पञ्चमी भनेर यस दिनलाई चिनिएको हो ।

बसन्त पञ्चमीको विषयमा शास्त्रहरुमा बढो सान्र्दभिक तरिकाले प्रसँग उल्लेख गरिएको छ । सृष्टिको प्रारम्भीका कालमा भगवान विष्णुको इच्छा मुताविक ब्रहमाले जिवहरु को रचन गरे त्यस मध्ये मनुष्य योनी विशेष रहेको थियो तर पनि उनी आफनो सुष्टि प्रति त्यती धेरै खुसी चाहि रहेका थिएन्न । उनलाई आफनो सृष्टिमा केही कमी भइरहेको आभाष भइरहेको थियो । जसका कारण तिनै मण्डलमा चारैतिर मौनता छाएको थियो । विष्णुको अनुमतीमा परम पिता ब्रहम देवले आफनो कमण्डलुबाट पृथ्वीका केही जल छकिएको जलको कर्ण पृथ्वीमा पर्ने वितिको ठुलो कंपन उत्पन्न हुन थाल्यो ।

यसपछि बृक्षहरु विचबाट एउटा अद्धभुत शक्तीको उत्पती भयो । चारबटा भुजा भएकी एक हातमा विणा अर्कोमा वर मुद्रा र अरु दुई हातमा पुस्तक र स्फटिक माला लिएकी एक अदभुत स्त्रीको उत्पती भयो । ब्रहमाको अनुरोधमा जब देविले विणा मधरनाद गरिन संसारका समस्त जिव जन्तुहरुलाई उनको बाणी प्राप्त भयो । पृथ्वीमा कोलाहल मत्थर भयो तब ब्रहमाले ति देवीको नामाकरण गरिदिए वाणीकी देवी सरस्वती, विणाको माध्यमबाट संगीतको पहिलो पटक उत्पती गरेकी हुनाले उनलाई संगीतकी देवी पनि भनिन्छ । आजको दिन उनको जन्मोत्सवको रुपमा मनाउने गरिन्छ ।

द्धापर युगमा श्री कृष्णले सरस्वतीसँग खुशी भइ आजको दिन तिम्रो आराधना गरिनेछ भनी बरदान समेत दिएको हुनाले आजसम्म माघ शुक्ल पञ्चमीका दिन सरस्वती पुजा मनाउने चलन चलिआएको छ । आजको दिनबाट बसन्त ऋतुको आगमन भएकी मानिन्छ । एक समय ऋतुहरुको राजा बसन्तको सम्मानमा अन्य पाँच ऋतुहरु जम्मा भएर आफनो कालबाट आठ आठ दिन ऋतु राजलाई सर्मपण गरेछन जसका कारण बसन्त ऋतु अन्यको तुलनामा ४० दिन बढी हराभरा बनाउने गर्दछ ।

यहि दिनबाट बसन्त ऋतु प्रारम्भ भएको हो भनी पुराणहरुमा उल्लेख छ । बसन्तलाई कामदेवका पुत्रको रुपमा पनि चिनिन्छ ।  हातको अगिल्लो भागमा लक्ष्मी मध्य भागमा सरस्वती र मुल भागमा ब्रहमाको निवास रहेको छ । यही कर्मवादी हातलाई ब्रहमाको सृजनशिलता, लक्ष्मीको सम्पन्नता र गतिशिल संसारलाई मोडने मध्य भागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ । विद्यार्थी बर्गहरुले तलको वन्दना उचारण गरि सरस्वतीको उपासना गर्ने गर्दछन ।

सरस्वती बन्दना

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विधादानं करोतु मे ॥१॥
प्रथमं भारती नाम द्धितीयं च सरस्वती ।
तृतीयं शारदादेवी चतुर्थ हंसवाहनी ॥२॥
पंचम तु जगन्माता षष्टम् वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टम् वरदायिनी ॥३॥
नवमं वद्धिदात्री च दशमं ।।।वह्मचारिणी ।
एकादशं चन्द्रघन्टा द्धादशं भुवनेश्वरी ॥४॥
द्धादशैतानि नामानि त्रिसन्ध्यं यःपठेन्नर ।
जिह्वाग्रे वसति तस्य वह्मरुपा सरस्वती ॥५॥

या कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता्
या वीणावर दण्डमंडितकरा, या श्वेतपद्मासना्
या ब्रह्माच्युतशंकरप्रभ्रृतिभिर्देवैस् सदा वन्दिता्
सा मां पातु सरस्वती भगवती निस्शेष् जाड्यापहा्

राजहंस बाहन भएकी चार हात मध्ये एउटामा विणा एउटामा स्फटिकको माला अर्कोमा पुस्तक र अभय मुद्रा लिएकी सेतो बस्त्रमा सजिएकी हरदम मुस्कुराइ रहने माता सरस्वतीको मन्त्रबाट व्यास, बाल्मीकी, याज्ञावलक्य, कणाद, पाणनी देखी लिएर शँकरार्चाय, तुलसीदाससम्मले सिद्धि प्राप्त गरेका छन । स्वर संगित ताल लयकी श्रोत सा रे ग म प ध नि सा देखी लिएर नृत्यकला, कार्यकुशलता, ज्ञानकी भण्डार बास्तुकला शिल्पी, प्रविधी हातको सिप आदी भएकी यस्ती यि देवीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीको नामले चिन्दछन भने उनको विभिन्न स्वरुपहरुको चिन्तन गर्दै बालबालिका अक्षर आरम्भ गर्छन । संस्कार सभ्यता र संस्कुतीकी महादेवी सरस्वती जयन्तीका दिन नाक, कान छेडनेदेखी लिएर उद्यमशिलताका अन्य कुनै नविन काम शुभारम्भ गर्दा कुनै साइत जुराउनु नपर्ने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

विद्यार्थीहरु घरमै बसेर पनि सरस्वतीको साधना गर्दछन भने विद्यालय, विश्वविद्यालय, आफनो पराक्रम स्थल वा मन्दिरमा गई उनको विशेष उपासना गर्दछन । धातु मुर्ती वा उनको प्रतिमामा फलफुल दुध, दही मह, कपुर चन्दन, बेल, नरिवल, लडडु आदि नौवेद अपर्ण गर्दछन । सवैभन्दा उतम धन विद्या नै हो जसका प्रकारहरु धेरै छन । जसमध्ये चार वेद, सयौ बेदाङ्ग, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष, मीमाँस,न्याय, धर्मशास्त्र, अठार पुराण, अठार उपपुराण, पञ्चम बेद, महाभारत, आयुर्वेद, गान्धर्व वेद, बास्तुशास्त्र, अर्थशास्त्र प्रमुख मानिन्छन ।  विद्याको प्रकाशले अज्ञानताको पर्दा उघारेर भक्तीको उदय गर्दछ ।

श्री पञ्चमीको दिन कामदेव र रतिको पनि पुजा अर्चना पनि गरिन्छ । जसलाई देवादी देव महादेवले ध्यान भंग गरेकोमा आफनो तेश्रो नेत्रबाट अग्नी प्रज्वलित गरेर भष्म गरेका थिए । उनको पुर्न जन्म द्धापर युगमा श्री कृष्णका पुत्र प्रद्युम्नको रुपमा भएको थियो । बसन्तका प्रतिक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन बसन्तको आगमन उत्सव वसन्तराग गाउने प्रचलन रहि आएको छ । ( २०७० बसन्त पञ्चमीकाे दिन कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया
सम्बन्धित समाचार