Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एसईईमा लिम्बु विद्यार्थीमध्ये उत्कृष्ट इलामकी चेसुङ लिम्बु सम्मानित

एसईईमा लिम्बु विद्यार्थीमध्ये उत्कृष्ट इलामकी चेसुङ लिम्बु सम्मानित

  • सन्देश सम्बाददाता
  • बुधबार, भाद्र १७ २०८३


एसईईमा लिम्बु विद्यार्थीमध्ये उत्कृष्ट इलामकी चेसुङ लिम्बु सम्मानित

इलाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) –२०८२ मा लिम्बु विद्यार्थीमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने इलामकी चेसुङ लिम्बुलाई किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले नगद पुरस्कारसहित सम्मान गरेको छ।

किरात याक्थुङ चुम्लुङको ३८औँ स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित चुम्लुङ दिवस मूल समारोहमा चेसुङलाई नगद रु। १० हजार र प्रमाणपत्रसहित सम्मान गरिएको हो। कार्यक्रमकी प्रमुख अतिथि संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठानकी उपकुलपति झुमा लिम्बुले चेसुङलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

चेसुङले इलाम नगरपालिका–५ स्थित अमर माध्यमिक विद्यालयबाट एसईई–२०८२ उत्तीर्ण गरेकी हुन्। किरात याक्थुङ चुम्लुङले प्रत्येक वर्ष शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने लिम्बु विद्यार्थीलाई प्रोत्साहनस्वरूप सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार