Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लिहाङ माबोहाङलाई चुम्लुङको छात्रवृत्ति

लिहाङ माबोहाङलाई चुम्लुङको छात्रवृत्ति

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र १७ २०८३


लिहाङ माबोहाङलाई चुम्लुङको छात्रवृत्ति

इलाम । माङसेबुङ गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र लिहाङ माबोहाङलाई ‘किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण गरिब तथा जेहेन्दार छात्रवृत्ति’ प्रदान गरिएको छ।

किरात याक्थुङ चुम्लुङको ३८औँ स्थापना दिवसका अवसरमा किरात याक्थुङ चुम्लुङ इलामले बुधबार सदरमुकाममा आयोजना गरेको कार्यक्रममा माबोहाङलाई नगद १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष चक्र येक्तेन (अभिषेक) लगायतको उपस्थितिमा छात्र माबोहाङलाई छात्रवृत्ति हस्तान्तरण गरिएको थियो। गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको छात्रवृत्तिले विद्यार्थीको शैक्षिक निरन्तरता र प्रोत्साहनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार