Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अम्बिरले दिए चन्द्रसुर्यमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री

अम्बिरले दिए चन्द्रसुर्यमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ २९ २०७६

अम्बिरले दिए चन्द्रसुर्यमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री

माई । अमेरिकामा बस्दै आएका अम्बिर पिठाकोटे मगरले माई नगरपालिका–१ सहविरेमा रहेको चन्द्रसुर्य आधारभुत विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी मगरले ३० हजार मुल्य बराबरको कापी, पेन्सिल, ज्यामिती लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरेको प्रधानाध्यापक ढगेन्द्र मगरले जानकारी दिएका छन् । इलामको दक्षिणी क्षेत्रमा रहेको सहविरे भौगोलिक रुपमा विकट क्षेत्र हो । शैक्षिक रुपमा पछि परेको सो क्षेत्रमा शैक्षिक सामाग्री वितरणले विद्यार्थीहरुमा उर्जा थपिएको प्रधानाध्यापक मगरले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार