इलाम । अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म ‘पे्रम दिवस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आयुष्मान पागल प्रेमीको रुपमा देखिएका छन् । फिल्ममा प्रियंका, आयुष्मान र विशाल खरेलको त्रिकोणात्क प्रेम कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा प्रियंका, आयुष्मान र विशालसँगै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्री कृष्ण लुइटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मबाट विशाल खरेल डेब्यु गर्दैछन् ।
योगेश घिमिरेले निर्देशन गरेको फिल्ममा संजय न्यौपानेको लगानी रहेको छ । रेनिश फागोको छायांकन, मिलन श्रेष्ठ र बनिश शाहको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । फिल्मको गीतमा महाराज थापा, महेश खडका, दीपक शर्मा, करण राज कार्कीको संगीत, डा। कृष्ण हरी बराल, शान्ती प्रिया, बवि थापा, सन्तोष थापाको शब्द, अन्जु पन्त, निशान भट्टराई, मेलिना राई, किरण राज कार्कीको स्वर रहेको छ । कथा लेखन प्रदीप भारद्वाजको रहेको छ । यो फिल्म जेठ ३१ गते देखि प्रर्दशन हुँदैछ ।
हेर्नुहाेस ट्रेलर