Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

इलामको हरियाली र संगीतको संगम “मैले गाउने गीतहरुमा” सार्वजनिक

इलामको हरियाली र संगीतको संगम “मैले गाउने गीतहरुमा” सार्वजनिक

  • सन्देश सम्बाददाता
  • शनिबार, कार्तिक २३ २०८२


इलामको हरियाली र संगीतको संगम “मैले गाउने गीतहरुमा” सार्वजनिक

इलाम ।  इलाम र कलाकारीता सधैं एकअर्काका पर्यायझैँ मानिन्छन्। यहाँका छहरा, खोल्सा–खोल्सी र हरियालीभित्र संगीतको धुन मिसिएको महसुस गर्न सकिन्छ। यही सांगीतिक भावना झल्काउने नयाँ गीत “मैले गाउने गीतहरुमा” शुक्रबार सार्वजनिक गरिएको छ।

एचकेआर इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सार्वजनिक गरिएको यस गीतमा चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर समावेश छ। गीतको शब्द मौसम परिवर्तन याकथुङ्बाले लेख्नुभएको हो संगीत दिपराजले गरेका छन् ।

भिडियोमा माइजोग्माइका नवीन सुवेदी र रो ङकी दीक्षा भुजेलको दमदार अभिनय देख्न सकिन्छ। निर्देशन, छायांकन र सम्पादन हिकस राईले गर्नुभएको हो। भावनात्मक शब्द, मन छुने स्वर र आकर्षक भिडियोको संगमले यस गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास लिइएको छ।

“मैले गाउने गीतहरुमा” आजैदेखि एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न र सुन्न सकिनेछ। गीततमा रोङको किराँतपार्क र सुर्योदयको सिमपानी पर्यटकिय क्षेत्रमा छायाँकन गरिएको निर्देशक राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार