इलाम । स्थानिय कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित चेतना नाट्य समूह इलामको प्रस्तुतिमा नयाँ म्युजिक भिडियो “यादहरु” सार्वजनिक गरिएको छ । शनिबार बिहान ११ बजे गाउँको च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियोले सम्पूर्ण स्थानीय प्रतिभालाई अगाडि ल्याउन सफल भएको छ ।
गीतमा रचना, गायन र संगीत संजोग गौतमले गरेका छन् भने एरेन्जिङ विश्व अधिकारीको रहेको छ । भिडियोमा हालै एपिवान च्यानलमा प्रशारण भइरहेको एक्टिङ रियालिटी शोकी फाइनलिस्ट भावना खपाङ्गी मगरसहित दर्शन घिमीरे, तेज मगर, आशिका राईलगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
सन्दकपुर गाउँपालिकाको देउराली क्षेत्रमा अधिकांश छायांकन गरिएको भिडियोको सिनेमेटोग्राफी दुर्गश भट्टराई र मिलन निरौलाले गरेका हुन् भने निर्देशन अन्वेश राई थुलुङ्गले गरेका छन् । निर्देशक “यादहरु” गीत, रचना, स्वर, अभिनय, सिनेमेटोग्राफी र एडिटिङ लगायत करिब ९० प्रतिशत स्थानिय स्रोतसाधनको प्रयोग गरेर तयार पारिएको छ
यसले इलामका कलाकर्मीहरुको सिर्जनात्मक क्षमतालाई अझ उजागर गर्ने विश्वास लिइएको उनले बताए ।