इलाम । नेपाली गीत–संगीतलाई विश्व संगीत बजारसम्म पुर्याउनुपर्छ भन्ने मान्यता बोकेका एक साङ्गीतिक युवा योद्धा हुन् राई। हाल अस्ट्रेलियामा बसेर निरन्तर नेपाली गीत–संगीतलाई अगाडि बढाइरहेका राई फेरि एकपटक उत्कृष्ट सिर्जनासहित दर्शक–श्रोतामाझ आउन लागेका हुन् ।
‘म त गाडी लिएर दौडे’ बोलको गीतलाई हलिउड स्तरको एरेन्जमेन्टसहित प्रस्तुत गर्दै विश्व बजारमा बर्चस्व कायम गर्ने अभियानमा अघि बढेको राईले बताए । यस गीतमार्फत उनले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने आत्मविश्वास व्यक्त गरेका छन्।
यसैबीच, राईको नयाँ गीत आउँदो शनिबार एक भव्य कार्यक्रममार्फत विश्वभर रिलिज हुने भएको छ। नेपाली संगीतप्रेमीले गीतलाई अन्तर्राष्ट्रिय स्तरमा रुचाइने अपेक्षा गरिएको छ।