Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

इलामकी चेली खुसी थुलुङको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

इलामकी चेली खुसी थुलुङको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस १५ २०८२


इलामकी चेली खुसी थुलुङको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

इलाम — इलामकी चेली गायिका खुसी थुलुङको नयाँ गीत “मन पर्यो चाला” सार्वजनिक भएको छ। किरात राई समुदायको मौलिक साकेला भाकामा आधारित यो गीत यश कुमार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा चर्चित गायक, संगीतकार तथा नायक यश कुमारको शब्द, संगीत तथा मेल भोकल रहेको छ। मौलिक संस्कृति र आधुनिक संगीतको संयोजनले तयार पारिएको यो गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।

यसअघि पनि थुप्रै सफल गीतहरू बजारमा ल्याइसकेकी गायिका खुसी थुलुङले यस गीतमार्फत आफ्नो सांगीतिक पहिचानलाई अझ मजबुत बनाएकी छन्। किरात राई समुदायको संस्कृति र पहिचान झल्काउने साकेला भाकाको यो गीतलाई सबैले माया गरिदिन कलाकार पक्षले अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार