Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय क्षेत्र सन्दकपुरको तापक्रम माइनस ४ डिग्रि

पर्यटकीय क्षेत्र सन्दकपुरको तापक्रम माइनस ४ डिग्रि

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन २५ २०७५


पर्यटकीय क्षेत्र सन्दकपुरको तापक्रम माइनस ४ डिग्रि

सन्दकपुर ।  प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुरको तापक्रम माइनसमा झरेको छ । पर्यटकीय सिजन शुरु भएपनि लगातारको हिमपातपछि हिउँले ढाकिएको सन्दकपुरमा सनिबार साँझ आजको तापत्रमmम माइनस ४ डिग्रि सेल्सिएस पुगेको हो ।
वर्षात पछि भएको हिमपातपछि मौसममा सुधार नहुँदा सन्दकपुर पर्यटकीय क्षेत्रमा अझैसम्म हिउँ जमेको छ । हिउँ जमेका कारण पर्यटकहरु सन्दकपुर पुग्न समस्या भएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईले बताउनुभयो ।
सन्दकपुरस्थित सनराइज होटलका संचालक छिरिङ्ग सेर्पाका अनुसार पर्यटकीय सिजन शुरु भएपनि मौसम सुधार नहुँदा बुकिङ्ग गरेका पनि आधिबाटोबाट फर्किएका छन् । अत्याधिक चिसो र हिउ नपग्लिएका कारण दिनमा आठ दशजना मात्रै पर्यटक सन्दकपुर पुग्ने गरेका छन् ।
हिमपातका कारण सन्दकपुर पर्यटकीय क्षेत्रमा भारतीय बाटो र नेपालको कालपोखरी सन्दकपुर सडकमा बाक्लो हिमपात हुँदा एक महिना पर्यटक आवातजावत ठप्प भएको थियो । अहिले यातायातका साधन संचालनमा आएपनि अत्याधिक चिसो भएकाले पर्यटकहरु सन्दकपुर कम मात्रामा पुग्ने गरेका छन् । सन्दकपुरमा अग्रेजी महिना अक्टोबरदेखि मार्चको अन्त्यसम्म तापक्रम माइनस हुने र तापक्रम माइनस १३ डिग्रि सेल्सिएससम्म पुग्ने गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रलाई संघीय सरकारले प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य घोषणा गरि पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार