Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

शान्ति निकेतनको हिरकजयन्ती सम्पन्न

शान्ति निकेतनको हिरकजयन्ती सम्पन्न

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २० २०७५


शान्ति निकेतनको हिरकजयन्ती सम्पन्न

राेङ । रोङ ३ मा रहेको शान्ति निकेतन माध्यामिक बिद्यालयको हिरक जयन्ती धुमधामको साथमा आज सम्पन्न भएको छ बिद्यालय स्थापनाको ६० औ बर्ष पुरा गरेको अवसरमा हिरक जयन्ति मनाइएको हो । बिद्यालयमा अध्ययनरत छात्र छात्राहरुमा रहेको बिबिध प्रतिभाहरुलाइ प्रतिस्पर्धात्म रुपमा प्रस्फुटन गराउन बिद्यालयले अन्तर सदनात्मक खेलकुद र सास्कृतिक प्रतियोगिताहरु गरेको र अन्तर बिद्यालय सास्कृतिक कार्यक्रम समेत गरिएको थियो । बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष दौलथ कुमार राईको अध्यक्षता र गाउपालिकाको अध्यक्ष सम्सेर राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बिद्यालयको बिकास र उन्नतीमा सकृय योगदान दिने बिभिन्न ब्याक्तिहरुलाइ सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा सेवा निबृत्त शिक्षकद्धय मुक्तिनाथ गजुरेल र चन्द्रकान्त आचार्य ,तेक्वान्दोका प्रशिक्षकद्धय बुद्धिराज खवास र दिपक खवास, सिक्तोरियाका प्रशिक्षकहरु योगेश चाम्लिङ, राम राइ, तारा राइ र नर बहादुर खवास, एथलेटिक प्रशिक्षक रोहित भट्टराई, उत्कृष्ठ अभिभावक द्धय भक्त बहादुर खवास र नीरमाया राई रहेका छन । १०औ राष्टपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी भएर जिल्ला प्रथम हुने खेलाडीहरुलाइ प्रसंसा पत्र सहित सम्मान गरिएको थियो । बिद्यालयका प्रधानाध्यापक हिमेश्वर यादबले आ.ब २०७४।०७५को आयब्याय समेत सार्वजनिक गर्नु भएको सो कार्यक्रममा  प्रमुख अतिथि एवम् गाँउपालिका प्रमुख शम्शेर राई, उपप्रमुख चन्द्रकला राई, शिक्षा शाखा प्रमुख राधिका घिमिरे, स्रोतब्यक्ति रुखमान सुब्बा,  वडाध्यक्ष मात्रिका बराल लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार