इलाम । सुनौलो घाँटी भएको बार्बेट चरा नेपाल र हिमालय क्षेत्रमा पाइने एक आकर्षक पन्छी हो। यसको मुख्य विशेषता (Golden-throated Barbet) भनेको यसको टाउको र घाँटीमा हुने सुनौलो पहेंलो रङ हो । वैज्ञानिक नाम Psilopogon franklinii हो । रङ यसको निधार र घाँटीको अगाडिको भाग सुनौलो पहेंलो हुन्छ, टाउकोको माथिल्लो भाग रातो र बाँकी शरीर हरियो हुन्छ। यसको आवाज धेरै प्रष्ट र चर्को हुन्छ, जुन पहाडी जङ्गलमा सुनिन्छ। यो मुख्यतया ओसिलो र मिश्रित जङ्गलमा, विशेष गरी उच्च पहाडी क्षेत्रमा करिब १५०० देखि २५०० मिटरसम्म बस्न रुचाउँछ। यिनीहरूले फलफूल अमिलो रसिलो फल, मुगा र साना किराहरू खान्छन्। यिनीहरू रुखका हाँगाहरूमा बसेर आफ्नो विशिष्ट आवाज निकाल्छन्।नेपालमा यो चरा पहाडी भूभागका जङ्गलहरूमा हेर्न सकिन्छ।
थप तस्बिरहरु
