Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय–११ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव सम्पन्न (तस्बिरहरु)

सुर्योदय–११ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव सम्पन्न (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, मंसिर १३ २०८२


सुर्योदय–११ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव सम्पन्न (तस्बिरहरु)

पञ्चकन्या । सुर्योदय नगरपालिका–११ आइतबारेस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाका उप–प्रमुख दुर्गा बरालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा संविधानसभा सदस्य टिकाराम सुब्बा, वडा नम्बर ११ का वडाअध्यक्ष सन्तोश राई सुरक्षाकर्मी, पत्रकार, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, शिक्षाविद्, विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक–शिक्षिका तथा पूर्वविद्यार्थी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूका सांस्कृतिक प्रस्तुति, नानी–बाबुहरूले देखाएका विविध प्रतिभा, पूर्व शिक्षक–शिक्षिकालाई बिदाइ तथा सम्मान कार्यक्रम, विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने महानुभावहरूलाई प्रसंशा पदक तथा पुरस्कार वितरण जस्ता कार्यक्रम प्रस्तुत गरिएका थिए। साथै विभिन्न शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई पुरस्कारसमेत प्रदान गरिएको थियो।
कार्यक्रमलाई अवसर बनाउँदै पूर्व शिक्षक शुशिल कुमार तामाङले विद्यालयको कोष खडा गर्न ५१ हजार सहयोग गरेका थिए । अन्य महानुभावहरूले पनि वार्षिकोत्सवकै अवसरमा आर्थिक सहयोग गर्दै विद्यालयप्रतिको सहयोगको प्रतिवद्धता जनाएका थिए । वीरेन्द्र माध्यमिक विद्यालयको उज्ज्वल भविष्यको कामना गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिष्म प्रधानले वार्षिकोत्सव विद्यालयको प्रगति, अनुशासन र सामुदायको भरोसाको माध्यम बनेको बताए।
६३औँ वार्षिकोत्सव आकर्षक, मर्यादित र उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको जानकारी कार्यक्रम स्रोत शिक्षक कमला भट्टराईले जानकारी दिइन् । कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु साथै शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सेवा निवृत्त शिक्षक त्रय दलबहादुर सापकोटा , सुस्मा अधिकारी र सुशील कुमार तामाङलाई विद्यालयले सम्मान गरिएको थियो । कार्यक्रममा डिकी काजीले जर्सि सेट र स्टेसनरी प्रदान गरेकी थिइन् भने सुनमाया लोहारले ५ हजार नगद प्रदान गरेकी थिइन् । कार्यक्रममा हरिमाया दर्जी, सोनाम छिरिङ काजी, विजय मोक्तान लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाली र अङ्ग्रेजीमा तायमा राई र रेखा लोहारले गरेका थिए र कार्यक्रमको संचालन शिक्षक सोमनाथ अधिकारी र छात्रा सन्ध्या लिम्बुले गरेकी थिइन् ।

थप तस्बिरहरु :

प्रतिक्रिया
सम्बन्धित समाचार