Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश सभा सदस्यको नेतृत्वमा करसोङ पदमार्गको पदयात्रा (तस्बिरहरु)

प्रदेश सभा सदस्यको नेतृत्वमा करसोङ पदमार्गको पदयात्रा (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, कार्तिक २२ २०८२


प्रदेश सभा सदस्यको नेतृत्वमा करसोङ पदमार्गको पदयात्रा (तस्बिरहरु)

रोङ । बाक्लो हुस्सु लागेर चिसोले मुटु चसक्क पार्दा होस् या चर्कंदो गर्मीमा पसिनाले शरीर लपक्कै भिज्दा, तराईका बासिन्दाको आराम खोज्ने ठाउँ प्रायः पहाड नै हुन्छ । जब तराईमा गर्मी सुरु हुन्छ, तब इलामका हरियाली र चिसोपानी झनै प्रिय हुने गर्छन् । त्यसमा पनि करसोङ पदमार्गको पदयात्रा झनै आनन्दित हुन्छ । सोहि पदमार्गमा कोशी प्रदेश सभाका सदस्य तथा पूर्व मन्त्री समसेर राई सहितको टोलीबाट पदयात्रा गरिएको छ । खस्किएको पर्यटन गतिविधिलाई चलायमान बनाउन पदमार्गको शुरुवात बिन्दु हाँसपोखरी क्षेत्रबाट प्रदेश सभा सदस्य समसेर राई, गोपाल तामाङ लगायत इलामका स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीबाट पदयात्रा शुरु भएको हो । टोलीमा रोङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनोहरी खड्का, ३ का अध्यक्ष मात्रिका बराल, ६ का अध्यक्ष सत्यम राई, सूर्योदय नगरपालिका ७ का अध्यक्ष एल बि राई इलाम नगरपालिका ७ का अध्यक्ष नरेश श्रेष्ठ, ८ का अभ्यक्ष दलमान तामाङ र १० अध्यक्ष दिलिप प्रधान रहेका छन् । पत्रकार सहितको टोली अहिले रोङ गाउँपालिका ६ को रम्भ्याङ्गमा पुगेको छ । आजबाट शुरु भएको पदयात्रा भोली बेलुकासम्ममा पुरा गर्ने योजना रहेको सहभागि इलाम नगरपालिका १० का अध्यक्ष दिलिप प्रधानले बताए ।

थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार