Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाममा पर्यटनमा महिलाको सहभागी अन्तरक्रिया (तस्बिरहरु)

इलाममा पर्यटनमा महिलाको सहभागी अन्तरक्रिया (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, जेष्ठ १० २०८२


इलाममा पर्यटनमा महिलाको सहभागी अन्तरक्रिया (तस्बिरहरु)

इलाम । उद्योग वाणिज्य संघ महिला उद्यमी विकाश इकाईको आयोजनामा इलामको पर्यटनमा महिलाको सहभागीता अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ । पर्यटन कार्यालय काँकरभिटाको सहकार्यमा “पर्यटनमा महिलाको सहभागी”सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको हो । महिला उद्यमी विकास इकाई दिव्या भट्टराईको अध्यक्षता भएको कार्यक्रममा इलाम नगरपालिका उप–प्रमुख बिष्णु दाहालको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमको औचित्य बारे महिला उद्यमी विकास इकाईकी उपाध्यक्ष रिना घिमिरेले प्रकाश पारेकी थिइन् ।

अन्तरसम्बादमा इलाम नगरपालिका उप–प्रमुख बिष्णु दाहाल, माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राई, रोङ गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवास, सूर्योदय नगरपालिका कार्यपालिका सदस्य लता अधिकारी, होमस्टे महासंघ कोशी प्रदेश अध्यक्ष लिला भट्टराई, इलाम नगर पर्यटन समिति उपाध्यक्ष पविमाया गुरुङ्गको सहभागिता रहेको थियो । अन्तरसम्बादको सहजिकरण पत्रकार सविता पाण्डेले गरेकी थिइन् ।

सुनिता कर्माचार्यले संचालन गरेको कार्यक्रममा पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले कोशी पर्यटन वर्ष २०८२ को औचित्य र महिला सहभागिताका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा इलाम उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलले पर्यटन क्षेत्रमा महिलाको भुमिका महत्वपूर्ण रहेको बताए ।

तस्बिरहरु  

 

प्रतिक्रिया
सम्बन्धित समाचार