Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नयाँवर्ष मनाउन भारतीय नागरिक इलामका पर्यटकस्थलमा (तस्बिरहरु)

नयाँवर्ष मनाउन भारतीय नागरिक इलामका पर्यटकस्थलमा (तस्बिरहरु)

  • सुजन तिमल्सिना 
  • बुधबार, पौस १७ २०८१


नयाँवर्ष मनाउन भारतीय नागरिक इलामका पर्यटकस्थलमा (तस्बिरहरु)

इलाम । नयाँ वर्ष सन् २०२५ को प्रथम दिन जनवरी १ मा इलामका पर्यटकीयस्थलमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति छ । नयाँ वर्षको दिन भारतमा बिदा दिने भएकाले पर्यटकहरु इलामका पर्यटकीयस्थलमा बाक्लो उपस्थिति भएको हो ।
नेपाल भारत सीमा क्षेत्र लगायत इलामका पर्यटकीय गन्तव्यमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति रहेको हो । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरसहित सन्दकपुर गाउँपालिमा रहेका पर्यटकीय गन्तव्य जौबारी, कालपोखरी क्षेत्रमा पर्यटकहरुको बाक्लो उपस्थित रहेको थियो ।
भारतका विभिन्न राज्यबाट आएका भारतीय पर्यटकहरु सूर्योदयन गरपालिकाको सीमा क्षेत्र मानेभञ्ज्याङ्ग भएर इलामको अग्लो क्षेत्र सन्दकपुरसम्म भ्रमणमा पुग्ने गरेका छन् । इलामको पशुपतिनगर नाकाहुँदै नेपाल प्रवेश गरेका भारतीय पर्यटकहरुको कन्याम, अन्तु, सानी पाथिभरा, जोरकलस, माई नगरपालिकाको चेप्टि लगायतका पर्यटकीय गन्तव्यमा बाक्लो उपस्थिति रहेको थियो । पशुपतिनगर भन्सार कार्यालयमा भन्सार काटेर सवारीसाधन प्रवेश गर्दै आएका छन् । भन्सार कार्यालयमा अग्रेजी नयाँ वर्षको प्रथम दिन ३ सय ४० वटा सवारीसाधन नेपाल प्रवेश गरेको तथ्याङ्क छ । भन्सार कार्यालयमा मोटरसाइक ४० वटा र बाँकी चारचक्के सवारीसाधनले भन्सार काटेका थिए । भारतीय सवारीसाधन नेपाल प्रवेशबाट भन्सार कार्यालयमा २ लाख २८ हजार २ सय राजश्व संकलन भएको हो । त्यस्तै कोशी प्रदेश सरकारले पशुपतिनगरमा सडकको पटके कर संकलन गर्दै आएको छ । पटके कर संकलनबाट प्रदेश सरकारको खातामा जम्मा हुने गरेको छ । पछिल्लो समय इलामका पर्यटकीयस्थलमा भारतीय पर्यटकहरुको आकर्षण बढ्दै गएको छ ।

थप तस्बिरहरु :

प्रतिक्रिया
सम्बन्धित समाचार