Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकाद्धारा पर्यटनमन्त्री सुदन किराँतसँग अन्तरक्रिया (तस्बिरहरु)

रोङ गाउँपालिकाद्धारा पर्यटनमन्त्री सुदन किराँतसँग अन्तरक्रिया (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • आइतबार, साउन १४ २०८०


रोङ गाउँपालिकाद्धारा पर्यटनमन्त्री सुदन किराँतसँग अन्तरक्रिया (तस्बिरहरु)

कुटिडाँडा । इलामको रोङ गाउँपालिकाद्धारा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीसँग अन्तरक्रिया गरेको छ । पर्यटन मन्त्री भएपछि प्रथम पटक पर्यटकीय जिल्ला इलाम आएका मन्त्री किराँतीसँग रोङ गाउँपालिकाले अन्तरक्रिया सम्पन्न गरेको हो । रोङ गाउँपालिका कार्यालयमा भएको अन्तरक्रियामा गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो, उपाध्यक्ष बिष्णुमाया भुजेल, प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहालले मन्त्री किराँतीलाई कार्यालयमा स्वागत गरेका थिए । अन्तरक्रियामा गाउँपालिका तर्फबाट मन्त्री किराँतीलाई ज्ञापन पत्र समेत हस्तान्तरण गरिएको थियो । अन्तरक्रियामा बोल्दै मन्त्री किराँतले रोङ गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा आफु सक्दो सहयोग गर्ने बताए । मन्त्री किराँतीले विश्वमा लोपउन्मुख सुनाखरी पाइने क्षेत्र हाँसपोखरी क्षेत्र पनि अवलोकन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार