केशरी गुरुङ पूर्वी नेपालकी पर्यटन व्यवसायी हुन् । पूर्वी नेपालको इलाम स्थित पशुपतिनगरबाट कंचनजंघा पदयात्रा लागि पदमार्ग सर्भे गर्ने देखि पर्यटन क्षेत्रमा आवश्यक पूर्वाधार विकासका लागि गुरुङ्गले पहल गर्दै आएकी छन् । इलामको माइजोगमाइ २ स्थित तुम्लिङ्गमा होटल व्यवसाय गर्दै आएकी गुरुङ्गसँग लोकल सन्देश डट कमका लागि पत्रकार सुजन तिमसिना, रोशन काफ्ले र डम्बर निरौलाले गरेको संक्षिप्त कुराकानी :
पर्यटक क्षेत्र तुम्लिङलाई कसरी चिन्ने ?
इलामको माईजोगमाई गाउँपालिका–२ तुम्लिङ इलाम पर्यटकीय क्षेत्र हो । पर्यटकहरु विशेष गरेर यहाँ सबैभन्दा धेरै बंगालबाट आउँछन् । भारतीय पर्यटकहरु चाहि यहाँ धेरै नै आउँछन् । मुम्बई, दिल्ली र हैदरावादबाट ट्रेकिङका लागि धेरै जसो आउने भइरहेको छ । धेरै बढेको छ अहिले नेपालबाट पर्यटकहरु आउने क्रम बढेको छ ।
बर्षमा कति पर्यटक आउँछन् ?
अहिले नेपाल र भारतबाट पर्यटक आउने क्रम बढेको छ । कोरोनाले गर्दा प्रतिबन्धको कारणले भुटान, सिक्किमका पर्यटक नजाने भएपछि सन्दकपुर तुम्लिङमा धेरै पर्यटक आउने क्रम बढेको छ । भारतको मानेभञ्ज्याङमा भएको सेमीनारमा ३ बर्ष अघि बोलाउँदा धेरै पर्यटक तुम्लिङ आएको तथ्याङ्क छ । मानेभञ्ज्याङ्गमा इन्ट्री भएर आउने पर्यटकको संस्ख्या ४५ हजार जति छ । यो आधिकारीक तथ्याङ्क भयो, नेपालबाट आउने पर्यटकहरुको तथ्याङ्क संकलन गरिएको छैन ।
पर्यटक तुम्लिङमा किन आउने ? आर्कषण किन छ ?
पर्यटक रमाउने भनेको हिमालको दृश्यमा हो । कञ्चनजंघा, कुम्भकर्ण, मकालु, सगरमाथा हिमाल यहाँबाट देखिन्छ । विहानीको सूर्योदय, सूर्यास्त, जंगली जनावारमा रेडपान्डा हेर्न पर्यटकहरु यहाँ आउँछन् । रेडपान्डा क्षेत्र र चराहरुको क्षेत्र भएकाहरुले वन्जन्तु विज्ञ र अनुसन्धानकर्मी बढी आउँछन् । अर्को धैरी प्रजातीका पुतलीहरुको पनि हो । गुराँसका दर्जनौ प्रजातीहरुको फुलहरुले एकदमै राम्रो सम्भावना भएको क्षेत्र हो । चैत्र बैशाखमा फुलहरुका कारण बगैचा जस्तो लाग्छ ।
पर्यटकहरुलाई कसरी सेवा दिनुहुन्छ ?
प्राकृतिक सुन्दरता र हिमाली दृश्यले गर्दा बर्खामा झरी पर्दा पर्यटकहरु रेनकोट लगाएर छाता ओडेर आउँछन् । भारत भएर बढी मात्रामा पर्यटकहरु आउँछन् । अग्रेजी महिना जुन १५ बाट सेप्टेम्बर १५ सम्म ३ महिना जनावारहरुको प्रजनन् समय भएकाले भारतीय बाटो भएर पर्यटक आवतजावत बन्द हुन्छ । त्यसबेला चाहि नेपालबाट बढी मात्रामा पर्यटक आउँछन् ।
हिउँदमा हिउँ पर्दा रमाउने पर्यटकहरु संख्या कस्तो थियो ?
यसपालि हिउँ अति नै बाक्लो पर्यो । यसपालि १५/ १६ बर्ष पछाडी ठुलै हिमपात भएको हो । २ बर्ष अघि अलिअलि परेको थियो । यो बर्ष हामी पनि चकित छौ हामी तयारी समेत थिएनौ । यति चाडो हिउँ पर्ने ग्लोबल वार्मिङ र वातावरण परिर्वतनले हो ।
हामीसंग विद्युत छैन फोन इन्टरनेटको सुविधा राम्रो छैन । नियमित बत्ति हुने हो भने हिटिङ सिस्टम दिन सक्छौ । जसले गर्दा पर्यटन फस्टाउँछ । बत्ति कहिले काही ३÷४ दिनसम्म जान्छ । एउटै गाउँतिर कर्मचारी एउटै मात्र छ । उहाँले तल्लो र माथिल्लो तहमा काम गर्न नसकेको कारण छ । बत्तीकै समस्या छ ।
अहिले पर्यटन होमस्टे प्रर्वद्धन गर्न हाइस्पिड इन्टरनेटको माग छ । वर्क फर्म हिमालयज भन्ने प्याकेजको माग आउन थालेको छ भारत भएर आउने पर्यटकहरुबाट । आइटी, इन्जिनियरहरु घरमै बसेर काम गर्न सक्छ अफिस बन्द भएको समयमा । यो राम्रो अवसर आएको छ यसलाई समेत बेच्न सकेको छैन् । बत्ती र हाइस्पिड इन्टरनेटको भए अति पर्यटन आउन सक्ने थिए ।
बाटोको समस्या कस्तो छ ?
बाटोको समस्या चाहि अहिले हालमा हामीसंग नेपालकै बाटो स्तरउन्नती भए राम्रो हुन्थ्यो । खाध्यान्न, पर्यटकलाई चाहिने सामाग्री र होटल व्यवस्थापनका चाहिने ग्यास, हरियो तरकारी देखि लिएर सबै नेपालबाट ल्याउन सकिन्थ्यो । भारतको मानेभञ्ज्याङ्गबाट ल्याउन गाह्रो भएको छ । नेपाल तर्फ सडक सञ्जाल राम्रो नहुँदा समस्या भोगिरहेका छौ ।
तपाईको तर्फबाट सरकारलाई सुझाव केही छन् की ?
अहिले हामीले भारतीय पर्यटकलाई राखेर आफनै हिसाबले काम गरिरहेका छौ । हामीसंग दररेट पनि छैन् । पकाउने तरिका र आगन्तुक सत्कार भन्ने कमी छ । अर्को ट्रेकिङ ट्रेल दक्षिण कन्चनजंघासम्म सुरु गर्ने भनेर नेपाल पर्यटन बोर्डमा प्रस्ताव पास भएको छ । तर रुट पास नहुँदा बिचमा गाडी ल्याउने गाडी नै चाहिन्छ भन्ने कुरा उठिरहँदा मलाई लागेको चाहि एभरेष्ट बेस क्याम्प, अन्नपुर्ण बेस क्याम्पमा ट्रेकिङ गरिरहेकोछ मानिसले बोकेर खाना पु¥याएको छ ।
त्यो खालको देखेर हामीलाई के लाग्छ भने यो ठाउँलाई प्राकृतिक प्रकोप नहुँनाको कारणले ग्लोबल वार्मिङ भइरहेको छ । डाँडाकाडाँ भत्काएर टावर नबनाउने, ट्रेकिङलाई प्रर्वद्धन गर्ने सक्यो भने फालौट देखि लिएर तिम्बुङ पोखरी पाँचथर ताप्लेजुङलाई नै छुवाउने ट्रेल पास गर्न सके धेरै अगाडी जाने छौ । ट्रेकस पनि बढ्ने छ । ठुलो कुरा सिंहलिला नेशनल पार्कबाट टुरिष्टहरु सुरु हुन्छ । त्यहाँबाट फोहोरमैलाको कुरा । यहाँ ६० होटल नेपाल तर्फ छ धेरै मात्रामा फोहोरमैला प्लाष्टिक, टिन लगायत संकलन भइरहेको छ ।
यो भन्दा अघि ट्रेनिङ राखियो । यहाँ सन्दकपुर र माईजोगमाई दुवै गाउँपालिका पर्ने भएकाले अध्यक्ष ज्यूहरुसंग समन्वय गरेर फोहोर व्यवस्थापन तालिम राखेको छु । प्लाष्टिकहरुलाई पुर्न नविकरण सम्बन्धी । कसरी व्यवस्थापन गर्ने भन्ने पनि अधुरो छ । यातायातको समस्या देखिएको छ । तलसम्म लग्ने व्यवस्था छैन् । यसलाई यहि डिस्पोज गर्ने कम गराउने भन्ने छ ।
जसरी सिक्किमले प्लाष्टिक बोतलहरु प्रतिबन्ध गरेको छ । त्यस्तै हामी तयार छौ । तर होटल देखि चियापसलसम्म समुदायमा ज्ञान नभएर समस्या छ । यसको लागि अनुरोध गर्छु हिमाली पहाडी क्षेत्रलाई सफा हरियाली,सुन्दर तर यो पर्यटनलाई जथाभावी गर्ने नभई सिक्किम र भुटानको जस्तो बनाउन सरकारसंग अनुरोध गर्छु ।
नेपालबाट पर्यटकहरु हिउँ हेर्न आउने क्रम जारी छ । पहिलो पहिला आउँथेन । यो बर्ष चाहि धेरै संख्यामा आए । हाम्रो गाउँपालिकाका कर्मचारी, फिक्कल, इलाम, बैंक कर्मचारी आउने क्रम जारी छ । ट्रेकिङमा ध्यान पु¥याउर्दै बाटोघाटो राम्रो नभएको कारण धेरै पैसा खर्च गर्नु नपर्ने कारण र ट्रेकिङमा सहज रुपमा आएर फोहोरमैला जथाभावी नफाल्ने, डस्टविनमा हाल्ने गनुपर्छ । अहिले जथाभावी पिकनिक भनेर धेरै मात्रामा फोहोर आउन थालेको छ यसमा अलिक गुनासो पनि छ ।