Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जिल्ला भलिबल संघ इलामको अध्यक्षमा प्रविण गुरुङ निर्वाचित

जिल्ला भलिबल संघ इलामको अध्यक्षमा प्रविण गुरुङ निर्वाचित

  • सन्देश सम्बाददाता
  • आइतबार, भाद्र २८ २०८३


जिल्ला भलिबल संघ इलामको अध्यक्षमा प्रविण गुरुङ निर्वाचित

इलाम । जिल्ला भलिबल संघ इलामको तेस्रो जिल्ला अधिवेशनले प्रविण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा प्रमोद दुलाल, सचिवमा राजिव कडरिया र कोषाध्यक्षमा दीपा लिम्बु निर्वाचित भएका छन्।

यस्तै सदस्यहरूमा अम्बर राई, योगेन्द्र सुवेदी, अमिर गुरुङ, भवानी विक्रम खत्री, जमुना मगर, सागर घिमिरे र रुद्र मगर निर्वाचित भएका छन्। संघको नयाँ कार्यसमितिको पहिलो बैठकबाट निर्वाचित सदस्यहरूमध्येबाट थप एक जनालाई उपाध्यक्ष पदमा मनोनित गरिने जनाइएको छ।

बाँकी दुई जना सदस्य भने जिल्ला खेलकुद विकास समितिले मनोनित गर्ने व्यवस्था रहेको छ। अधिवेशनमा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्काको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय सचिव विनोद सुवेदी, नेपाल भलिबल संघ कोशी प्रदेशका अध्यक्ष खेम राई, प्रदेश महासचिव लेखनाथ शर्मा, प्रदेश सदस्य राजकुमार खाती तथा जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष एतिराज काफ्ले ‘सुमन’ लगायतको उपस्थिति थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार