Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपूर गाउँपालिकाको २० वर्षे पर्यटन गुरुयोजना बन्दै

सन्दकपूर गाउँपालिकाको २० वर्षे पर्यटन गुरुयोजना बन्दै

  • सुजन तिमल्सिना
  • बुधबार, पौस १४ २०७८


सन्दकपूर गाउँपालिकाको २० वर्षे पर्यटन गुरुयोजना बन्दै

सन्दकपूर । तेस्रो मुलकका पर्यटको आकर्षणको केन्द्र रहेको इलामको सन्दकपूर गाउँपालिकाले २० वर्षे पर्यटन गुरुयोजना निर्माणको काम शुरु गरेको छ । गाउँपालिका भित्र रहेका पर्यटकीयस्थलको व्यवस्थित विकासका लागि गुरुयोजना निर्माणको काम शुरु भएको हो ।
गुरुयोजना निर्माणका लागि दुई दिने कार्यशाला समेत आयोजना गरिएको छ । सन्दकपूर गाउँपालिमा निर्वाचित जनप्रतिनिधि, पर्यटन क्षेत्रमा क्रियासिल संस्थाका प्रतिनिधिको कार्यशाला गोष्ठिमा उपस्थिति रहेको थियो ।


कार्यशालामा सन्दकपूर गाउँपालिका भित्रका पर्यटकीयस्थलहरुको अवस्था, प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय क्षेत्र बस्तुगत स्थिति र आवश्यक पर्ने बजेटका बारेमा छलफल भएको गाउँपालिका अध्यक्ष उदय राईले बताए । गुरुयोजनामा सन्दकपूर भित्रका सबै पर्यटकीयस्थल समेटिनु पर्ने सहभागिको धारण । त्यसमा तेस्रो मुलकका पर्यटकहरुको आकर्षण रहेको प्रदेश एकको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपूर र रामसार क्षेत्रमा घोषित पर्यटकीयस्थल माईपोखरी छिन्टापु सहित १२ पर्यटकीयस्थल प्राथमिकतामा परेका छन् ।


कार्यशालामा सहभागिबाट समुहगत छलफल गरि गुरुयोजना निर्माणका बारेमा अन्तरक्रिया समेत भएको थियो । चालु आर्थिक वर्षमा बनाइसक्ने गुरुयोजना निर्माण कार्यशालामा पर्यटनविज्ञ तारा निरौला सहजिकरण गरेका थिए ।
कार्यशालाको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष उदय राईले गगाउँपालिका भित्रका सबै पर्यटकियस्थलको बस्तुगत अवस्था समावेस हुनुपर्ने बताए । सबै जाति, धर्म, धार्मिक आस्था केन्द्र, प्राकृतिक सुन्दरताले भरिएका क्षेत्रहरु, सीमसार क्षेत्र लगायत सम्पूर्ण पर्यटकीय संभावना भएका क्षेत्रहरु समेटिनुपर्ने उनले बताए ।


कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले कृषि पछिको दोस्रो प्राथमिकतामा परेको पर्यटन गुरुयोजना निर्वाचित भएको वर्षनै निर्माण गर्ने तयारी गरेपनि जनताका प्राथमिकताका सडक, खानेपानी, सिचाई रहेकाले पर्यटनमा लागनी गर्न नसकिएको बताइन् । जनप्रतिनिधि निर्वाचित भएको अन्तिम वर्ष निर्माणको शुरुवात भएकाले नयाँ जनप्रतिनिधिहरुले पनि गुरुयोजना कार्यान्वयनमा जोड दिनुपर्ने बताइन् । सन्दकपूर, छिन्टापू, टोड्के झरना, जौबारी, कालपोखरी लगायत थुप्रै पर्यटकीयस्थल रहेकाले अब व्यवस्थित रुपमा पूर्वाधार निर्माणका लागि गूरुयोजना निर्माणको काम शुरु भएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । गुरुयोजना निर्माणपछि सन्दकपूर गाउँपालिका भित्रका पर्यटकीयस्थलहरुको व्यवस्थित विकास हुने उनले बताए ।


गुरुयोजना निर्माणको काम पिरामिड टेक्निकल प्रालि परामर्सदाताको रुपमा छनौट भएको छ भने गाउँपालिकाले गूरुयोजना निर्माणका लागि १५ लाख रुपैयाँ चालु आर्थिक वर्षमा विनियोजन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार