Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बिजय राईले शुरु गरे ४ करोड लगानीमा सुविधासम्पन्न होटल हाम्रो पोखरेली

बिजय राईले शुरु गरे ४ करोड लगानीमा सुविधासम्पन्न होटल हाम्रो पोखरेली

  • लोकल सन्देश
  • शुक्रबार, बैशाख १७ २०७८


बिजय राईले शुरु गरे  ४ करोड लगानीमा सुविधासम्पन्न होटल हाम्रो पोखरेली

इलाम । इलाममा ४ करोडको लगानीमा बार, रेष्टुरेन्ट र सेमिनार हलसहितको होटल हाम्रो पोखरेली संचालनमा आएको छ । युवा होटल व्यवसायी एवम् पर्यटन व्यवसायी विजय राईले इलाम नगरपालिकाको ठुलो टुडिखेल छेउमा होटल संचालनमा ल्याएका हुन् ।


होटल हाम्रो पोखरेलीमा सुविधासम्पन्न कोठाहरु रहेका छन् । नीजि क्षेत्रबाट लगानी गरिएको होटल संचालक बिजय राई इलाम जिल्लाकै स्थायी बासिन्दा हुन् । राईले नेपालको पर्यटकीय सहर पोखरामा काम गरि होटल व्यवसायसम्बन्धि ज्ञान हासिल गरेका थिए ।


राईले २०५४ सालबाट २०६१ सालसम्म पोखरामा होटल व्यवसायमा काम गर्दै सीप आर्जन गरेका हुन् । २०६१ सालमा इलाम फर्किएपछि राईले सब्जि व्यवसाय शुरु गरेका थिए । उनले २०६३ सालसम्म सब्जि व्यपार गरे । त्यसपछि इलामको बसपार्कमा होटल न्यू पोखरेली संचालन गरि पुनः होटल व्यवसायमा हात हालेका राईले पन्ध्र वर्षपछि आफ्नै लगानीमा सुविधासम्पन्न होटल संचालनको काम शुरु गरेका हुन् ।


होटल हाम्रो पोखरेली चैत्र मसान्तदेखि व्यवसायीक रुपमा उद्घाटन भएको थियो । होटल हाम्रो पोखरेलीको इलामका जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले उद्घाटन गरेका थिए । होटल उद्घाटन कार्यक्रममा प्रमुख बराल, इलाम नगर प्रमुख महेश बस्नेत, नेपाली काँग्रेस इलामका सभापति हिमालय कमाचार्य, मानव अधिकार मञ्चका मोहनसिंह थेवे, धर्म गौतमले पर्यटन क्षेत्रको प्रवद्र्धनमा होटल व्यवसायको महत्वपुर्ण भुमिका रहने भएकाले पर्यटन मैत्री संचालन गर्न आग्रह गर्दै शुभकामना दिएका थिए ।


कार्यक्रममा इलामका पुराना होटल व्यवसायि तुल बहादुर देवान, केदार सापकोटा, र फूरी शेर्पालाई सम्मान गरिएको थियो । सेमिनार हल सहितको होटलमा ५० जना पाहुना राख्न सकिने बताइएको होटलमा पार्कीङ सहित बार र रेष्टुरेन्ट समेत रहेको छ । संचालक राईले १६ जना युवालाई रोजगारी दिएर होटल संचालनमा ल्याएको संचालक राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार