Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आहा ! वनमा फुल्ने थरिथरिका सुनाखरी फूलबाट आम्दानी (फोटो फिचर)

आहा ! वनमा फुल्ने थरिथरिका सुनाखरी फूलबाट आम्दानी (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • शनिबार, फाल्गुन २२ २०७७


आहा ! वनमा फुल्ने थरिथरिका सुनाखरी फूलबाट आम्दानी (फोटो फिचर)

इलाम । जंगलमा फुल्ने सुनाखरीको संकलनबाट नयाँ बिरुवा उत्पादन गरि इलामका महिलाहरुले आम्दानीको श्रोत बनाएका छन् । फुलको राजा उपमा पाएको सुनाखरी २ हजारदेखि ५ हजारसम्ममा खरिद बिक्रि हुन थालेपछि महिलाको गतिलो आम्दानीको श्रोत भएको हो ।


इलाममा ५ वर्ष अघिबाट व्यवसायी रुपमा सुनाखरीको खेती हुँदै आएको छ । सुनाखरीको कोपिला फक्रिएपछि धेरै महिनासम्म फुल झर्दैन । नर्शरीमा सुनाखरी हुर्काउन एक देखि डेढ वर्ष लाग्ने भएकाले उच्च मुल्यमा बिक्रि हुन्छ । अँग्रेजीमा अर्किट भनिने सुनाखरी २ हजारदेखि ५ हजार सम्ममा बिक्रि हुँदै आएको छ । २ वटा स्टिक भएको सुनाखरी २ हजार र ११ वटासम्म स्टिक भएकोलाई ५ हजारमा बिक्रि हुँदै आएको छ ।


काठमाडौँ, पोखरा,सरकारी कार्यालय र इलाम भ्रमणमा आउनेहरुले अर्किटको खरिद गर्दै आएको इलाम सदरमुकाममा फुल व्यवसाय गर्दै आएकी बुद्धमाया सोङ्मीले बताइन् । विश्वमा लोपोन्मुख मानिएको सुनाखरी युवापुस्ताले आम्दानीको श्रोत बनाएका हुन् । फूलमा शौखिन हुनेहरुले घरको गमलामा सजाउनेदेखि सुनाखरीको बगैचानै बनाउने गरेकाले सुनाखरीको माग बढ्दै गएको सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले बताए । इलामको सन्दकपुर, माईजोगमाई,रोङ गाउँपालिका र सुर्योदय नगरपालिकाको जंगलमा सुनाखरी फुल पाइन्छ ।


घरको सुन्दरता देखि कार्यालयको साजसज्जाका लागि समेत सुनाखरी फुलको प्रयोग बढ्दो छ । प्रतिबन्धित र धेरै नपाइने भएकाले सुनाखरी राम्रो मूल्यमा बिक्री हुदै आएको हो । विश्वमा ४ हजार हाराहारी प्रजातिका सुनाखरीमध्ये नेपालमा चार सय प्रजातिका पाइन्छ ।


विश्वका अन्य मुलुकमा नपाइने ४१ प्रजातिका सुनाखरी नेपालमा पाइन्छन् । तीमध्ये २५ प्रजाति रूखमा, १३ प्रजाति जमिनमा र तीन प्रजाति भने रूख–जमिन दुवैमा पाइन्छन् । सिम्बिडियम डिमोनियम र इस्मेरेल्डा प्रजातिका सुनाखरी इलाममा मात्रै पाइन्छ । उष्णदेखि हिमाली हावापानी भएको क्षेत्रसम्म सुनाखरी पाइन्छ । समुन्द्री सतहको १ हजार ६ सय २४ मिटरदेखि सुनाखरी पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार