Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिका नयाँ पर्यटकीय गन्तव्य गुगल पोइन्ट ( फोटो फिचर )

रोङ गाउँपालिका नयाँ पर्यटकीय गन्तव्य गुगल पोइन्ट ( फोटो फिचर )

  • डाइमण्ड तिमसिना
  • शुक्रबार, मंसिर ५ २०७७


रोङ गाउँपालिका नयाँ पर्यटकीय गन्तव्य गुगल पोइन्ट ( फोटो फिचर )

कुटिडाँडा । इलामको रोङ गाउँपालिकामा नयाँ पर्यटकीय गन्तव्यको पहिचान भएको छ । इलामका थुम्का थुम्काबाट सुर्योदय देख्न सकिने भएपनि रोङको पर्यटकीय गन्तव्य गुगल पोइन्टबाट सुर्योदयसँगै तराईका रमणिय क्षेत्रको पनि अवलोकन गर्न सकिन्छ ।


रोड. गाउँपालिका ३ को भूमापन केन्द्र रहेको डाँडालाई स्थानीयले ब्रीटीश डाँडा वा गुगल पोइन्ट भन्ने गरेका छन् । सुर्योदयका लागि नयाँ गन्तव्यको रुपमा रहेको गुगल डाँडामा पर्यटकको आकर्षण पनि बढ्दै गएको छ ।


१८२५ मिटर उचाइमा रहेको यो डाँडाबाट कञ्चन्जंगा लगायतका हिम श्रृखला अवलोकन गर्न सकिन्छ । इलामको कन्याम चियाबारी माथि हिमालको सुनौलो दृश्यको अवलोकन सो स्थानबाट गर्न सकिन्छ ।


झापा लगायत भारतको विभिन्न शहरहरुसँगै कोलबुड. पाथीभरा डाँडालाई सम्मुखमा राखेर देखिने रमाइलो दृश्यले पर्यटकले मोहित पार्न थालेको रोङ गाउँपालिका अध्यक्ष समसेर राईले बताए ।

मेची राजमार्गको हर्कटे बजारबाट करिव डेढ किलोमिटर पैदलबाट घना जंगल पार गर्दै यहाँ पुग्न सकिन्छ । एउटा नयाँ गन्तव्यलाई पूर्वाधार निर्माणमा पहल गर्ने रोङ गाउँपालिकाको योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार