Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बुद्ध खेल्ने आगन मेरो गीतले उचाल्यो राष्ट्रिय अवार्ड

बुद्ध खेल्ने आगन मेरो गीतले उचाल्यो राष्ट्रिय अवार्ड

  • लोकल सन्देश
  • शनिबार, साउन ७ २०७४


बुद्ध खेल्ने आगन मेरो गीतले उचाल्यो  राष्ट्रिय अवार्ड

काठमाण्डाै । राष्ट्रिय लोक दोहोरी केन्द्रिय प्रतिष्ठान नेपाल समन्वय समितीको आयोजनामा संचालित पाचौं राष्ट्रिय लोक दोहरी अवार्ड २०७४ मा राष्ट्रिय भाब अन्तर्गतको बिधामा बुद्ध खेल्ने आगन मेरो सगरमाथा शीर बोलको गीतले राष्ट्रिय अवार्ड उचाल्न सफल भएको छ ।

गीतका प्रत्येक शब्दहरू देश प्रेमले ओतप्रोत छन । नेपाल हाम्रो देश, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मभुमि, सगरमाथाको देश, वीर गोर्खालीको नामले सन्सारभर परिचित हामी नेपाली हाम्रो सास्कृतिक, भाषिक भौगोलिक आदि बिबिधताले सम्पन्न छौ हामिलाई हाम्रो राष्ट्रियता प्राण भन्दा प्यारो छ । को हिमाली को पहाडी अनि को मधेसी, सम्पुर्ण हामी नेपाली । मात्र नेपाली । यस्तै यस्तै भाब बोकेको यो गीत निकै नै उत्कृष्ट छ ।

स्मरण रहोस यस गीतले वरिष्ठ संगीतकार सुरेश अधिकारी, बरिष्ठ शब्द सर्जक रमेस बि जि समेतलाई पछि पारेको यस गीतमा स्वर सङीत राजन कार्किको रहेको छ भने यस गीतका शब्द सर्जक सशस्त्र प्रहरि निरीक्षक बिष्णु पौडेल निरिस हुन । सशस्त्र प्रहरी बलमा समेत अब्बल अधिकृतको रुपमा परिचित सर्जक पौडेल विभिन्न बिधाका गीतहरुमा आफ्नो कलम चलाउदै आएका छ्न ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार