Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

स्नातक तह पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक

स्नातक तह पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक

  • लोकल सन्देश
  • मंगलबार, साउन ३ २०७४


स्नातक तह पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक

 

काठमाडौं : तीन तथा चार वर्षे स्नातक तह पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुले मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो। सूचनाअनुसार परीक्षा आगामी भदौ ४ देखि २७ गतेसम्म चल्नेछ। तीन वर्षे शिक्षा शास्त्र, विज्ञान तथा मानविकीको परीक्षा बिहान ७ देखि १० बजेसम्म तथा चार वर्षे विज्ञान, शिक्षा शास्त्र, व्यवस्थापन तथा तीन वर्षे व्यवस्थापनतर्फको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार