Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीयस्थल कुईभिरमा हिउँमा रमाउँदै पर्यटक (फोटो फिचर सहित)

पर्यटकीयस्थल कुईभिरमा हिउँमा रमाउँदै पर्यटक (फोटो फिचर सहित)

  • सन्देश सम्बाददाता
  • सोमबार, पौस २१ २०७६


पर्यटकीयस्थल कुईभिरमा हिउँमा रमाउँदै पर्यटक (फोटो फिचर सहित)

इलाम । वर्षातसँगै उच्च पहाडी हिमाली क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको भिड लागेको छ ।

पानी परेसँगै भएको बाक्लो हिमपात भएपछि चिसो बढेपनि युवा युवतीहरुको हिउँ खेल्नमा भिड लागेको हो । इलामको मानेभञ्ज्याङ्ग देखि सन्दकपुर, देउमाई नगरपालिकाको बाखखोरदेखि राँकेसम्म आन्तरिक पर्यटकहरुको हिउ खेल्नका लागि भिड नै लागेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ ।


बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेको छ भने त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् ।

कोही हिउँमा मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सङ्गालिरहेका छन् ।


घुम्न आएका पर्यटक बिहानैदेखि हिउँमा खेल्दै फोटो खिच्दै रमाएका छन् । हिमपातका कारण इलामको सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायत सीमावर्ती पर्यटकीय बजार सेताम्य भएका छन् ।

हिपात भएपछि हिउँमा रमाउन इलामका जिल्ला समन्वय प्रमुख गणेश बराल सोमबार इलामको पर्यटकीय क्षेत्र कुइभिर आसपास गएका थिए । कुईभिर क्षेत्रमा देउमाई नगरपालिकाको कर्मचारीको टोलीपनि हिउँमा रमाएका थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार