Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा पर्यटन भ्रमण वर्ष २०२० को तयारी तिब्र

इलाममा पर्यटन भ्रमण वर्ष २०२० को तयारी तिब्र

  • सुजन तिमल्सिना
  • सोमबार, पौस ७ २०७६


इलाममा पर्यटन भ्रमण वर्ष २०२० को तयारी तिब्र

इलाम  । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष शुरुवात हुँदै गर्दा तयारी तिब्र पारिएको छ । कृषि र पर्यटनको अधिक संभावना भएको इलाममा १० वटै स्थानीय तहले तयारी तिब्र बनाएका हुन् । नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार र प्रवद्र्धनको तयारी बैठकमा जिल्लाका स्थानीय तह र सरकारी तथा संघसंस्थाले आफ्नो कार्यक्रम बारे जानकारी गराएका हुन् । जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले पुष १६ गतेको उद्घाटन सत्र भब्य बनाउन सचिवालय समिति गठन गर्ने, स्थानीय तहका केन्द्रमा दिप प्रज्वलन गर्ने, पर्यटकीयस्थलमा सरसफाई कार्यक्रमको तयारी गरिएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा गठन भएको पर्यटन वर्ष २०२० को जिल्ला स्तरीय समितिको गठन भइसकेकाले सचिवालय निर्माण गरि कार्यक्रमलाई प्रभावकारी बनाइने प्रमुख बरालले बताए । मुल समारोह समितिमा स्थानीय तहका प्रमुख, उप प्रमुख, उद्योगी बाणिज्य संघ, होटल व्यवसायी, पर्यटन क्षेत्रका अगुवा सहितको गठन गरिएको हो । पर्यटन भ्रमण वर्षको सफलताका लागि स्थानीय तहमा पनि समिति गठन निर्माण गर्न सकिने भएकाले ग्रामिण क्षेत्रसम्म भ्रणण वर्षका गतिविधि गर्नुपर्ने बैठकमा सहभागिको भनाइ थियो ।

भ्रमण वर्षलाई सफल बनाउन जनवरी फस्ट अर्थात पुस १६ गते इलामको रोङ गाउँपालिकाको जोरकलशमा उद्घाटन कार्यक्रम भब्य रुपमा गर्ने तयारी गरिएको जिल्ला समन्वय प्रमुख गणेश बरालले बताए । भ्रमण वर्षको अवसरमा रोङ गाउँपालिकाले प्रचारात्मक र प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तयारी गरेको अध्यक्ष समशेर राईले बताए । भ्रमण वर्ष सफल बनाउन आर्थिक विकास समितिका संयोजक मात्रिका बरालको अध्यक्षतामा भ्रमण वर्षको तयारी समिति निर्माण गरि गाउँपालिकाको काम भइरेहेको छ ।


भ्रमण वर्षको सफलताका गाउँपालिकाले जोरकलसदेखि रोङ गाउँपालिकाको केन्द्रसम्म झाँकिसहितको ¥याली आयोजना गरिएको छ । भ्रमण वर्ष अझ प्रभावकारी बनाउन गाउँपालिकाको केन्द्रदेखि पूर्वकै धार्मिक पर्यटकीस्थलको रुपमा विकास भएको पाथिभरा मन्दिरसम्म पदयात्रा गर्ने कार्यक्रम रहेको अध्यक्ष समसेर राईले जानकारी गराए । पूर्वी पहाडी क्षेत्रको प्रवेशद्धार रहेकाले संस्कृति झल्किने खालको स्वागत द्धार निर्माण गरिने पर्यटन भ्रमण वर्ष तयारी समिति रोङ गाउँपालिकाका संयोजक मात्रिका बरालले बताए ।


प्रदेश नम्बर एकको प्रमुख गन्तव्यस्थल सन्दकपुर रहेको सन्दकपुर गाउँपालिकाले भ्रमण वर्ष सफल बनाउन पहिलो दिन दिप प्रज्वलन गर्ने, पर्यटकीयस्थलमा सरसफाई गर्ने र पर्यटकीयस्थलको जिपिएस म्यापसहितको फ्लेक्स बोर्डहरु निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । भ्रमण वर्ष भरीनै पर्यटकीयस्थलको परिचायात्मक तस्बिर नेपालका मुख्य मुख्य सहरमा फोटाहरु राखेर प्रचार प्रसार गर्ने, पर्यटकीयस्थलमा राष्ट्रिय झण्डाहरुको झण्डोतलन गर्ने तयारी रहेको राईले बताए । देशभरका पर्यटकीयस्थल मध्ये घुम्नैपर्ने पर्यटकियस्थलमा घोषणा भएको सन्दकपुर पर्यटकीयस्थमा पुष १९ गते भ्रमण वर्षकै अवसरमा विद्युत घोषणा गरिने गाउँपालिका अध्यक्ष उदय बहादूर राईले बताए ।
नेपाल विद्युत प्राधिकरण र सन्दकपुर गाउँपालिकाको समन्वयमा विद्युतिकरण भएको प्रशारण लाइनको नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपाल विद्युत प्राधिकरका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण वर्षकै अवसरमा सन्दकपुर पर्यटकीय क्षेत्रमा अउाने पर्यटकका लागि बस्नका लागि टेन्टहरुको व्यवस्था गर्ने, अन्तर गाउँपालिका स्तरीय समन्वयात्मक कार्यक्रम गर्ने तयारी गरिएको सन्दकपुर गाउँपालिकाको तयारी रहेको छ । गाउँपालिकाले इलामको स्वागतद्धार रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, माई जोगमाई गाउँपालिका र इलाम गाउँपालिकासँग समन्वय गरि कार्यक्रम तयारी भइरहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।


पर्यटकीयस्थलहरु धेरै रहेको गाउँपालिकामा साइकल पर्यटकको प्रवद्र्धन गर्ने, होटल, ट्राभल्स एजेन्शि पर्यटन व्यवसायीहसँग टुर प्याकेज निर्माण गरि नेपाल र भारतका ठुला सहरमा प्रचारप्रसार गर्ने सन्दकपुर गाउँपालिकाको तयारी रहेको थियो । त्यस्तै चैत्र र बैशाखको बिचमा सन्दकपुर महोत्सव गर्ने तयारी गरिएको गाउँपालिकाको योजना रहेको बैठकमा जानकारी गराइएको थियो ।
बैठकमा इलाम नगरपालिकाका तयारी बारे वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले जानकारी गराएको थिए । भ्रमण वर्ष सफल बनाउन नगर प्रमुखको नेतत्वमा नगरस्तरीय समिति निर्माण गरिएको र भ्रमण वर्ष अगाडि नै पर्यटकीय पूर्वाधार निर्माण गरिने वडाध्यक्ष श्रेष्ठले जानकारी गराएको थिए । नगरपालिकाले भ्रमण वर्षको अवसरमा इलाम चोक बजारमा चिया टिप्दै गरेको प्रतिमा निर्माण गर्ने, धोविधारामा संखधर साक्ख्वाको प्रतिमा राख्ने, चिया बजारको लभडाँडामा नेपाली चियाको पहिलो रोपण गर्ने गजराजसिंह थापाको प्रतिमा राख्ने काम अघि बढेको हो । यस्तै नगरपालिकाकै वौद्य पार्कमा वृद्धको प्रतिमा राख्ने, अरनिको संग्राहालयमा कलाकार अरनिको प्रतिमा, धोबिधारामा साकेला थान निर्माण गर्ने इलाम नगरपालिकाको योजना रहेको छ । त्यस्तै इलाम नगरपालिकाले होट व्यवासायीहरुलाई कुक तालिम दिने र चोक बजारको टावरमा पर्यटकीयस्थल झल्काउने सुचना प्रदान गर्ने इलाम नगरपालिकाको योजना रहेको छ ।


इलामको उत्तर पश्चिमि क्षेत्रमा रहेको देउमाई नगरपालिकाले भ्रण वर्षको अवसरमा गुफाथुम्कि, पानीटार, सिद्धिथुम्का चुली र कुइभिरसम्मको पदमार्ग गरिनुका साथै चियाको राजधानी रहेको पानिटारमा ३ दिने महोत्सव आयोजना गरिने नगरपालिकाका प्रवक्ता दावा तामाङले बताए । त्यस्तै पानिटार चिया बगान क्षेत्रमा राष्ट्रियस्तरको साइकल प्रतिस्पर्धा गर्ने, देउमाई नगरपालिकाको प्रवेश बिन्दुमा स्वागतद्धार निर्माण गरिने प्रवक्ता तामाङले बताए । जिल्लाको लक्षिणि चुरे क्षेत्रको चुलाचुली गाउँपालिकामा पर्यटकीयस्थल समेटेर पदयात्रा निर्माण गर्ने, पालिकास्तरमा दिप प्रज्वलन गरिने र पर्यटकीयस्थलहरुको होडिङ बोर्ड निर्माण गरि प्रचारप्रसार गरिने गाउँपालिका अध्यक्ष प्रदिपकुमार राईले बताए ।
पश्चिमि फाकफोकथुम गाउँपालिका भित्रका पर्यटकीयस्थलहरुको प्रचारप्रसारका लागि पुष आठ गतेको बैठकबाट कार्यक्रम तय गरिने गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । माङ्सेबुङ्ग गाउँपालिकाले माङ्वालुङ्ग, गजुरमुखिधाम, लारुम्बा लगायत क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले बताए । पर्यटनको प्रवद्र्धनका लागि इलामका सबै स्थानीय तहको समन्वयनमा प्रचारप्रसार प्रवद्र्धनका काम गरिने अध्यक्ष इधिङ्गोले धारणा राखे ।
यस्तै माईजोगमाई गाउँपालिकाले भ्रमण वर्षको सफलताका लागि जौबारी, थुम्के, उत्तरे पोखरी, नयाँबजार, तुम्लिङ्ग, टङ्लु र मेघमा जस्ता पर्यटकीयस्थलमा प्रचारात्मक कार्यक्रम गर्ने योजना बनाएको छ । गाउँपालिका उपाध्यक्ष सावित्रा भट्टराईले पर्यटकको स्वागतका लागि होमस्टे स्थापना गरि प्रचारात्मक काम गरिरहेको बताईन् । कार्यक्रममा मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समितिका योजना प्रमुख संजिव पौडेलले समुदाय लक्षित कार्यक्रम गरि अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उद्योग बाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले स्थानीय तह, प्रदेश र संघीय सरकारसँग मिलेर प्रचारात्मक काम गर्ने योजना रहेको बताए । होटल व्यवसाय इलामका अध्यक्ष देवी पौडेलले भ्रमण वर्ष सफल बनाउन होटलहरुले सहयोग गर्ने होटल एशोसिएशन अध्यक्ष देवि पौडेलले बताए । पर्यटकको सुविधा वृद्धि गर्न होटलहरुको स्तरवृद्धिका लागि व्यवसायीहरुलाई तालिम प्रलान गरिँदै आएको अध्यक्ष पौडेलले जानकारी दिए ।


कुषि ज्ञान केन्द्रका प्रमुख सालिग्राम भट्टराईले इलाममा व्यवासायीक रुपमा खेती भएका ७ अ जस्ता नगदेवालीको बजार प्रवद्र्धनमा भ्रमण वर्ष २०२० ले सहयोग पुग्ने बताए । इलामका कृषि उपजहरुको विकास गर्नका प्रदेश सरकारको लगाीनमा बजार प्रवद्र्धनका काम गरिरहेको प्रमुख भट्टराईले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका शाखाका उपाध्यक्ष सुजन तिमसिनाले भ्रमण वर्षलाई सफल पार्न सावरीचालक, होटल व्यवसायी र गाईडलाई आथित्य सत्कारको तालिम प्रदान गर्नुपर्ने बताए ।
पर्यटक भित्र्याउनका लागि होटल व्यवसायीहरुले पर्यटक प्रथ प्रर्दशक, सवारीचालकलाई खान र बस्न सुविधा दिएमा दार्जिलिङ जाने पर्यटकहरु इलामका अन्य पर्यटकीयस्थलमा पुग्ने तिमसिनाको धारणा थियो । स्थानय तहले एक्लाएक्लै भन्दापनि समन्वयात्मक हिसाबले काम गरे जिल्लाको समग्र पर्यटकीस्थलहरुको बिकास प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा पर्यटन वर्ष २०२० प्रदेश नम्बर एकस्तरीय समितिका सदस्य दिब्या भट्टराई र कमला रिजालले प्रदेश समितिबाट पनि कार्यक्रमहरु आयोजना तय गरि इलामको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने बताए ।
नेपाली काग्रेसका नेता होम दुलालले पर्यटकलाई कसरी खुशि पारेर ल्याउने र आर्थिक उपार्जन गर्ने बारेमा निजीक्षेत्र र सरकारबिच सहकार्यमा काम गर्नुपर्ने बताए । सरकारी क्षेत्रबाट पूर्वाधारका काम गर्ने र निजी क्षेत्रले लगानी गर्ने काम सँगै भएमा पर्यटकीयस्थलमा पर्यटक सहजै पुग्ने उनको भनाइ थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले घुम्म आएका पर्यटक सकुसल घर फर्किनका लागि उनीहरुले प्रयोग गरेका सवारीसाधनको अनुगमन र पर्यटकीयस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाइने धारण राखेको ।
प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले भ्रमण वर्षमा केहि घटना हुन नदिन सुरक्षा व्यवस्था चुस्त बनाइने बताए । सुरक्षा र विपद्का बेला तत्काल उद्धार गर्नका लागि जिल्लामा विभिन्न क्षेत्रमा हेलिप्याडको पनि आवश्यकता रहेको कार्कीको धारणा छ । उनले भने–‘घुम्न आएको पर्यटक बिरामी पर्यो तत्काल उपचारका लागि पु¥याउनुपर्ने भएमा हेलिकप्टर राख्ने ठाउँको अभाव रहेकाले इलाममा हेलिप्याड निर्माणमा स्थानीय तहकै लगानी भएपनि हेलिप्याड बनाउनुपर्छ । खासगरि बिदेशी पर्यटक आउने इलामको सन्दकपुर, पर्यटकीय क्षेत्रमा तत्काल हेलिप्याड निर्माण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कार्कीको जोड रहेको छ । बैठकले पर्यटन प्रवद्र्धनका लागि गरिएको महोत्सवहरु एक अर्कामा नजुध्ने गरि मिति तय गर्ने सहमति पनि भएको छ । भ्रमण वर्ष सफल बनाउन होटल व्यवसायी पनि एक भएका लाग्ने होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताए । जिल्लाका होटल र होमस्टेको अवस्था सुधार गरि पर्यटक मैत्री बनाउन काम गरिने पौडेलको भनाइ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार