इलाम । मेची पहाडी क्षेत्र पर्यटन प्रबर्द्धन बिकास समितिले आर्थिक वर्ष ०७५ र०७६ मा संचालन गरेको आयोजना पौवा भन्ज्याङ सूचना केन्द्रको काम सम्पन्न भएको छ । ०७३÷०७४ सालबाट शुरु गरिएको केन्द्रको ३८ लाखको लागतमा सुचना केन्द्र निर्माण गरिएको कार्यकारी निर्देशक केसव द्यौरालीले बताउनुभयो ।

चालुमा आर्थिक वर्षमा सुचना केन्द्र निर्माणका लागि २० लाख बजेट विनियोजन गरिएको थियो ।
सुचना केन्द्रमा भवन, फर्निचर, फ्रि वाइफाइ, बगैचा, दुई कोठाको भवनमा पाँचथरका पर्यटकीस्थलको फोटाहरु राखिएको छ ।
सुचना केन्द्र संचालनका लागि पर्यटन संचालनको कार्यविधि निर्माण गरि संचालन गरिने तयारी भइरहेको छ । यसमा फिदिम नगरपालिका र मेची पहाडीबिच सहकार्य गर्ने तयारी भइरहेको विकास समितिका सिंजिव पौडेलले बताउनुभयो ।

सुचना केन्द्रसँगै अहिले पर्यटक र यात्रुले आराम गर्ने रिफ्रेस्मेन्ट हावस निर्माणको काम पनि शुरु भएको छ । चालु आर्थिक वर्षमा २८ लाख खर्च गर्ने काम भएको र त्यसमा फिदिम नगरपालिका, संसद विकास कोष र मेची पर्यटन समितिबिच सहकार्य रहेको छ ।

आगामि आर्थिक वर्षमा सम्पन्न गर्ने गरि निर्माण शुरु भएको भवन ५० लाख बजेट लाग्ने र त्यसमा सार्वजनिक सौचालय, हिमाल हेर्ने सिसाले घेरिएको टावर र टि टेस्टिङ्गको हल पनि निर्माण गरिनेछ ।