विराटनगर । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भिम पराजुलीले कोशी प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि नितिगत अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् । कोशी प्रदेशको पर्यटन प्रवद्र्धनका बिषयमा प्रदेश सरकार गठन भएको ८ वर्षपछि सरोकारवालासँग बजेट निर्माण अघि अन्तरक्रिया भएको हो ।
प्रदेश स्थापना भएपछि मन्त्रालयले सरोकारवालासँग सामुहिक रुपमा अन्तरक्रिया छलफल हुन पाएको थिए । जुन मन्त्री पराजुलीले सबै सरोकारवालाको सुझावका आधारमा बजेट विनियोजन गर्ने योजनाका साथ अन्तरक्रिया कार्यक्रम आयोजना भएको हो । मन्त्री पराजुलीका अध्यक्षतामा भएको कार्यक्रममा पर्यटनसँग आवद्ध भएका सरोकारवाला संघसंस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायीको उपस्थिति रहेको थियो । अन्तरक्रियामा बोल्दै मन्त्री पराजुलीले मन्त्रालयले शुसासनलाई कायम राख्दै काम गर्ने योजना अनुरुप सबैको सुझावका आधारमा आगामि आर्थिक वर्ष २०८३÷०८४ को बजेट विनियोजन गर्ने योजना रहेको बताए ।
मन्त्रालयले विगतको झैँ काम गर्दैन मन्त्री पराजुलीले भने–देखिने, सुन्ने जनताले विश्वास र अपनत्व गर्ने खालको काम हुनुपर्छ भनेर मन्त्रालय आफैले पर्यटन क्षेत्रमा काम गर्ने सरोकारवाला निकायको सुझावका आधारमा बजेट विनियोजन गर्ने जर्मको गर्नेछौँ ।’ पर्यटन वन तथा वातावरण मन्त्रालयको बेरुजु सुन्यको अवस्था छ मन्त्री पराजुली भन्छन्–‘बजेट निर्माणको चरणमा प्राय छलफल मन्त्रालयले आफ्नो अनुकुल गर्दै आएको अवस्था थियो अब हामी सामुहिक र सरोकारवालाको छलफलबाट मात्रै योजना बनाउने परिपाटि विकास गर्छौ ।’
पर्यटन क्षेत्रका सरोकारवालाको अन्तरक्रिया छलफलमा मात्रै सिमित नहुने भन्दै मन्त्री पाराजुलीले जिल्ला÷जिल्लामा हुने छलफल र दोस्रो चरणमा हुने छलफलका आधारमा बजेटलाई पूर्णता दिने मन्त्री पराजुलीले जानकारी दिए । दोस्रो चरणको छलफलमा कोशी प्रदेशसभा उद्योग पर्यटन तथा वातावरण समितिको सभापति रामदेव यादवको प्रमुख आथित्यतामा भएको अन्तरक्रियामा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डां इन्द्रप्रसाद सापकोटाको आथित्यता रहेको थियो । अन्तरक्रियामा बोल्दै कोशी प्रदेशसभा उद्योग पर्यटन तथा वातावरण समितिको सभापति रामदेव यादवले कोशी प्रदेशको आर्थिक विकासमा गर्न पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले परिणामदिने क्षेत्रमा लगानी गर्नुपर्ने यादवको भनाइ थियो ।
अन्तरक्रियामा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले कोशी प्रदेशको १० वर्षे पर्यटन गुरुयोजना निर्माणको चरणमा रहेको बताए । प्रदेशको आर्थिक विकासका लागि प्रथम चरणमा २० वटा पर्यटकीय गन्तव्यको छनौट गरि पूर्वाधार निर्माणको काम हुने निरौलाले बताए । अन्तरक्रियाको औचित्यमाथि बोल्दै पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा.इन्द्रप्रसाद सापकोटाले कोशी प्रदेश सरकारले प्रदेशभित्र पर्यटन क्षेत्रमा ८ अरबको लगानी भइसकेको र त्यसको उपलब्धिसँगै आगामि रणनितिका बारेमा छलफल गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने–‘हामी अब ठोस काम गर्ने योजनाका साथ पर्यटन क्षेत्रका सरोकारवालासँग छलफल शुरु गरेका छौँ ।’
अन्तरक्रियामा नाटा कोशी प्रदेश अध्यक्ष पुण्य भट्टराई, होमस्टे महासंघ कोशी प्रदेश अध्यक्ष लिला भट्टराई, होटल एशोसिएसन कोशी प्रदेश कोषाध्यक्ष इन्दिरा श्रेष्ठ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडा, नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष राजन श्रेष्ठ, उद्योग परिसंघ केन्द्रिय उपाध्यक्ष भिम घिमिरे, होटल व्यवसायी तेजबहादुर पुरी, पर्यटन व्यवसायी बासुदेव दाहाल, केचना कंचजंघा पर्यटन विकास समितिका अध्यक्ष नरेन्द्र बुडाथोकी रोशन, निर्वतमान बोर्ड सदस्य सुजन तिमसिनाले आगामि आर्थिक वर्षमा गर्नुपर्ने कामका बारेमा सुझाव प्रस्तुत गरेका थिए ।
कोशी प्रदेशका संभावना र चुनौती विषयमा पर्यटन विज्ञ रोशन सेरचन, पर्यटन व्यवसायी सुदृढिकरणका लागि निति, कानुन र व्यवसायीक दर्ता तथा राजश्वको को वर्तमान अवस्थाका बारेमा मन्त्रालयका पर्यटन महासाखा प्रमुख कृष्णकुमार न्यौपाने र पर्यटन हटलाइनको कार्यविधिको मस्यौदाको प्रारम्भिक खाका प्रविन नेपाली अन्तरक्रियामा प्रस्तुत गरेका थिए ।
थप तस्बिरहरु :