इलामको सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छिन्टापु पूर्व नेपालको एक अत्यन्त लोकप्रिय र प्राकृतिक सौन्दर्यले भरिएको पर्यटन स्थल हो । यो ठाउँ प्रकृति अवलोकन, पदयात्रा, जैविक विविधता र हिमालका दृश्यका लागि विशेष प्रसिद्ध छ । छिन्टापु रेडपाण्डा पदमार्गबाट जोडिन्छ ।
छिन्टापु इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा पर्ने एक अत्यन्त आकर्षक पहाडी थलो हो । छिन्टापुलाई प्राकृतिक ग्रेटवाल मानिन्छ । समुद्री सतहबाट करिब ३,३०३ मिटर उचाइमा रहेको यो स्थान नेपालकै तीसौँ उच्च पहाड मध्ये पर्दछ । यस क्षेत्रलाई तेस्रो नम्वरको जैविक विविधताको हब मानिन्छ, किनभने यहाँ पाइने वनस्पति–जनावरहरू अन्यत्र दुर्लभ रूपमा भेटिन्छन् ।
मुख्य आकर्षणहरू
✔ हिमश्रृंखलाको मनोरम दृश्य
छिन्टापुबाट एकै ठाउँबाट देखिने हिमालहरूः
सगरमाथा
कञ्चनजंघा
मकालु
लोत्से
गौरीशंकर
सिमसारहरु
नुम्बुर लगायत दर्जनौ हिमश्रङ्खलाहरु ।
✔(लालिगुराँस) वन
अग्रेजी महिना (मार्च–अप्रिल) फागुन, चैत्त र बैशाखमा यहाँ २० प्रजातिका लालिगुराँस फूल फुल्ने भएकाले अत्यन्तै रंगीन दृश्य देखिन्छ । जैविक विविधताको धनी क्षेत्र भएका कारण फरक फरक मौसममा फुल्ने फुल र लेकाली जडिबुटीले छिन्टापु महत्वपूर्ण छ ।
यहाँ पाइने प्रमुख वन्यजन्तु :
रेड पाण्डा (हाब्रे)
मस्क डियर
फेजान्ट (डाँफे)
विभिन्न दुर्लभ चराहरू
✔ सूर्योदय–सूर्यास्त दृश्य
छिन्टापुको कच्ची खोंच, पहाडी शृंखला र बादलमाथिबाट देखिने सूर्य उदाउँदा र अस्ताउँदा निकै मोहक दृश्य देखिन्छ।
✔ शान्त वातावरण र पदयात्रा मार्ग
इलाम बजार माईपोखरी माइमझुवा बुधबारे हुँदै पुग्ने सकिने । माईपोखरीबाट टप्पु हुँदै छिन्टापु पुग्न सकिने रेडपाण्डा पदमार्गको पदयात्रा गर्न सकिन्छ । यो पदमार्ग नेपालका उत्कृष्ट पदमार्गमा पर्छन् ।
बस्ने ठाउँहरू
छिन्टापु स्वयंमा धेरै घर–लज नभए पनि वरिपरिका स्थानहरूमा राम्रो होमस्टे पाइन्छन् । गोरुवाले क्षेत्रमा होमस्टेको सुविधा छ । छिन्टापु नजिक रहेका होमस्टेमा
सन्दकपुर होमस्टे, माईमझुवा होमस्टे, मैनाबुद्ध क्षेत्रका होमस्टे लगायत हुन् ।
पुग्ने समय र यात्राको अवधि
इलाम बजार → छिन्टापु :
जीप÷गाडीबाट : ४ घण्टा (कच्चि सडक )
पदयात्रा : २ दिन (रुट अनुसार)
काठमाडौँ → इलाम :
बस : १४–१६ घण्टा
विमान (भद्रपुरसम्म) + गाडी : ४५ मिनेट विमान + ३ घण्टा गाडी
यात्राको रूट
इलाम बजार → माईपोखरी → माईमझुवा → गोरुवाले → छिन्टापु (४५ मिनेट पदयात्रा गर्नुपर्छ )
पदयात्रा
२ (दुई) दिन ।
प्रथम दिन : इलामबजारबाट माईपोखरीसम्म जिपको यात्रा । माईपोखरीबाट पदयात्रा शुरु । माईपोखरीबाट डम्बरसिंह सुनुवार बुहसास्कृतिक संग्राहालय, सहिद सातखाल्डे देउराली, टप्पु हुँदै हिलेसम्म । हिलेमा होमस्टेको सुविधा छ । माईपोखरीबाट हिले ५ किलोमिटर छ ।
दोस्रो दिन : हिलेबाट छिन्टापु पुग्न सकिन्छ । हिलेबाट छिन्टापु ९ किलोमिटर रहेको छ । हिलेबाट छोक्रेभञ्ज्याङ्ग, खप्परे, ढुङ्गेपानी, पुवाखोलाको मुहान क्षेत्र हुँदै छिन्टापु पुगिन्छ । छिन्टापुबाट अघि बढेपछि गोरुवाले हुँदै सन्दकपुर डाँडा पुगिन्छ । छिन्टापु डाँडामा बस्ने व्यवस्था नभएकाले हामी गोरुवाली क्षेत्रमा पुगेर बस्नुपर्ने हुन्छ । छिन्टापु गोरुवाले ३ किलोमिटरको दुरीमा छ ।
घुम्न उपयुक्त समय
अशोज कात्तिक मंसिर (हिमाल र ग्रामीण जनजिवनको दृश्य)
फागुन चैत्र र बैशाख (लालिगुराँसका फुल)
आसर–साउन : बादलुको घुम्टोमा रमाउन सकिन्छ । मौसम सफा भएका बेला प्राकृतिक सुन्दरताको रामान्चित दृश्य ।
थप तस्बिरहरु :