Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरूको घरैमा परिचय पत्र प्रदान (तस्बिरहरुं)

माईजोगमाई गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरूको घरैमा परिचय पत्र प्रदान (तस्बिरहरुं)

  • सन्देश सम्बाददाता
  • बुधबार, भाद्र ४ २०८२


माईजोगमाई गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरूको घरैमा परिचय पत्र प्रदान (तस्बिरहरुं)

माईजोगमाई । माईजोगमाई गाउँपालिका अपाङ्गता समन्वय समिति संयोजक प्रविना राईको संयोजकत्वमा अपाङ्गता भएका ब्यक्तिहरूको घरैमा पुगेर परिचय पत्र वितरण गरिएको छ । उनिहरूको पारिवारीक अवस्थाको बारेमा जानकारी लिएर स्वास्थ परिक्षणका साथ अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो ।
अनुगमनका कार्यक्रममा गाउँपालिका अध्यक्ष कुश वहादुर थेवे , माईजोगमाई आधारभूत अस्पतालका डाक्टर यसमिन शेर्पा, वडा नं ४ का वडा सदस्य कुमार तामाङ ,कमला न्यौपाने अपाङ्गता सहायता कक्षका कर्मचारी सरोज पौडेल ,पन्जिकरण इकाईका डम्बर निरौला ,डम्बर चेमजोङ लगायतको उपस्थिति रहेको थियो । माईजोगमाई गाउँपालिका वडा नं ४ नामसालिङ क्षेत्रमाअपाङ्गता भएका ५ जना व्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । माईजोगमाई गाउँपालिका वडा नं ४ नामसालिङमा अपाङ्गता भएका ३ जनालाई रातो (पूर्ण अपाङ्गता) कार्ड र २ जनालाई निलो अति अशक्त अपाङ्गता कार्ड वितरण गरिएको हो । पालिकाले अपाङ्गता भएका ब्यक्तिहरूलाई सहायक सामाग्री समेत बितरण गर्दै आएको छ । पालिकाले हिडडुल गर्न नसक्ने अपाङ्गता भएका ब्यक्तिहरूको घरमा नै पुगेर परिचय पत्र बितरण गर्दै आएको हो ।
थप तस्विरहरू 

प्रतिक्रिया
सम्बन्धित समाचार