माईजोगमाई (थुम्केरानी) । आन्तरिक र बाह्य पर्यटक बढेसँगै इलामको माईजोगमाई–२ स्थित थुम्केरानी आहालभञ्ज्याङ्ग क्षेत्रमा पर्यटन क्षेत्रमा लगानी गर्ने व्यवसायीको आकर्षण बढेको छ । पर्यटन व्यवसायबाट आम्दानी लिन सकिने भएपछि झापा र काठमाडौँका पर्यटन व्यवसायीले ६८ रोपनी जग्गा खरिद गरि पूर्वाधार बनाएर पर्यटकलाई सेवा शुरु गरेका हुन् । आन्तरिक र बाह्य पर्यटकको आकर्षण आहालभञ्ज्याङ्ग क्षेत्रमा बढ्दो छ । सयौँ चराहरु र लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको अध्ययन गर्न आन्तरिकसँगै बाह्य पर्यटक आहालभञ्ज्याङ्गमा आकर्षित भएका हुन् ।
आन्तरिक पर्यटकको आकर्षण बढी मात्रामा प्राकृतिक सुन्दरतामा रमाउन हुन्छ । बाह्य पर्यटक वन र वन्यजन्तुको दृश्यमा रमाउने गर्छन् ।
पर्यटकहरुको आकर्षण यहाँ बढेपनि सेवा दिने कुनैपनि पूर्वाधार थिएन । तर अहिले पर्यटन व्यवसायीले सेवा दिने पूर्वाधार बनाएका छन् । इलाम, झापा र काठमाडौँसम्मका पर्यटन व्यवसायीले यहाँ सामुहीक लगानीमा पर्यटकलाई सेवा दिने पूर्वाधारमा लगानी गरेको पर्यटन व्यवसायी लिला बल्लभ आचार्यले बताए । ६८ रोपनी जग्गा खरिद गरि यहाँ थुम्केरानी एग्रो टुरिजम रिसोर्ट संचालनमा आएको छ । झापाबाट नजिकै हिउँ पर्ने ठाउँले थुम्के आहालभञ्ज्याङ्ग जौबारी पर्छ । जसका कारण पर्यटकहरुको आकर्षण बढेसँगै लगानीकर्ता आकर्षित भएका हुन् । पर्यटकलाई सेवा दिन व्यवस्थित पूर्वाधार नभएको अवस्थामा आधुनिक तथा सुविधासम्पन्न पूर्वाधार निर्माण भएको हो ।
थुम्केरानी एग्रो टुरिजमका माध्यमबाट पर्यटन व्यवसायीको लागनी गरेका छन् । पर्यटन पूर्वाधार निर्मा गरि स्थानिय स्वादमा अतिथि सत्कारसँगै आवश्यक सेवा दिन थालिएको पर्यटन व्यवसायी सिरोज नेपालले बताए ।
यहाँबाट सुर्योदय, सुर्यास्त, प्राकृतिक सुन्दरता र हिमश्रङ्खलामा रमाउन सकिन्छ । नीजी क्षेत्रको लगानीले आहालभञ्ज्याङ्गसँगै उत्तरी इलामका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकलाई सेवा पुग्ने माईजोगमाई गाउँपालिका निवर्तमान अध्यक्ष जीत बहादुर राईले बताए । आहालभञ्ज्याङ्गबाट नजिकै नेपालकै एकमात्र आलु खेतीको अनुसन्धान केन्द्र, जौबारी, मेघमा, तुम्लिङ्ग पर्छन् । यहाँ इलामको सन्दकपुर भ्रमण गर्ने हजारौ पर्यटकहरु पुग्ने गरेका छन् ।
थप तस्बिरहरु :