सन्दकपुर । पदमार्गमा आधारित पर्यटन विकास आयोजनाको सार्वजनीक परिक्षण इलामको सन्दकपुर गाउँपालिकामा सम्पन्न भएको छ । आयोजना अन्तरगत फाल्गुनन्द पदमार्गको माईपोखरी देउराली खण्डको सार्वजनीक परिक्षणको काम सम्पन्न भएको हो ।
आयोजनाको अध्यक्ष कमला खनालको अध्यक्षतामा भएको सार्वजनीक परिक्षणको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले गरेका थिए । निर्माण समितिका सह–सचिव चक्रदिप मुखियाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । आयोजनाको निर्माण समितिका सचिव श्याम कुमार राईले संचालन गरेको कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग उपाध्यक्ष हरि बहादूर लुङ्गेली, सन्दकपुर ३ का अध्यक्ष लिलबहादूर बुर्जाले पदमार्ग निर्माणले सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
स्वीस सरकार विकास सहयोगको ५१ प्रतिशत लगानी पदमार्गमा आधारित पर्यटन विकास आयोजनामा रहेको छ । आयोजनामा संघीय सरकारको ५ प्रतिशत, प्रदेश र स्थानीय सरकारको २२÷२२ प्रतिशत रहेको हो । फाल्गुनन्द पदमार्ग अन्तरगत इलामको माईपोखरीबाट सन्दकपुरसम्म आयोजनाबाट पदमार्गसँगै पर्यटकहरुका लागि आवश्यक भौतीक पूर्वाधार निर्माणको काम हुँदै आएको छ । चारवर्षसम्म संचालन हुने आयोजनाको गत आर्थिक वर्षमा माईपोखरीबाट सातखाण्डे सहिद पार्कसम्म निर्माणको काम भएको छ । १८ लाख २२ हजार बजेट पदमार्ग निर्माणमा गत आर्थिक वर्षमा सम्पन्न भएको हो ।
जस अन्तरगत पदमार्ग ५ सय १७ मिटर, १ वटा प्राकृतिक कुर्सी, फोहारदानी १ र पोखरी निर्माण भएको प्राविधिक भवानीप्रसाद चौधरीले जानकारी दिए । आयोजनाको सार्वजनीक कार्यक्रममा सन्दकपुर गाउँपालिका निमित्त प्रमुख टिकादेवी बस्नेत, प्राविधक शाखाका प्रमुख राजकुमार यादव, पर्यटन फोकलपर्सन रमेश भट्टराई, पदमार्गमा आधारित पर्यटन विकास आयोजनाकी कञ्चन मगर, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
थप तस्बिरहरु