Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पर्यटकको आकर्षक गन्तव्य : स्वामी पार्क (तस्बिरहरु)

पर्यटकको आकर्षक गन्तव्य : स्वामी पार्क (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शुक्रबार, साउन ३ २०८२


पर्यटकको आकर्षक गन्तव्य : स्वामी पार्क (तस्बिरहरु)
इलाम ।  इलामको सुर्योदय नगरपालिका १० मा रहेको स्वामी पार्क पर्यटकको आकर्षक गन्तव्य भएको छ । कोशी प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माण भएको पार्कमा आन्तरिक पर्यटकको आकर्षक गन्तव्य भएको हो ।
करफोक माध्यमिक विद्यालय क्षेत्रको घना जंगलमा कोशी प्रदेश सरकारले पूर्वाधार निर्माण गरेको थियो । पदमार्ग, पर्यटक बस्ने गोलघर निर्माण गरेपछि अहिले पर्यटकको आकर्षक गन्तव्य भएको सूर्योदय नगरपालिका १० का होमस्टे व्यवसायी देवराज तामाङले बताए ।
२० रोपनी बढी क्षेत्रमा फैलिएको पार्क मेचीराजमार्गबाट ३ सय मिटर यात्रा गरेपछि पुगिन्छ । स्वामीपार्कमा पर्यटकको आवतजावत बढेपछि पार्क वरिपरिका घरहरुमा होमस्टे व्यवसाय फस्टाएको छ । पार्कमा शुक्रबार र सनिवार पर्यटकहरुको भिड लाग्ने गरेको सूर्योदय नगरपालिका १० का अध्यक्ष पेमाउगेन लामाले बताए । पार्कको पूर्वाधार निर्माणमा प्रदेश सरकारको २५ लाख बढी लगानी भएको हो ।
(तस्बिरहरु) 

प्रतिक्रिया
सम्बन्धित समाचार